ताजा
शनिबार , जेठ २३, २०८३

डोल्पा : हिमाली जिल्ला डोल्पामा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटमा मंगलबार बिहान भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका ठुलिभेरी नगरपालिका–४ तिप्लाका ३५ वर्षीय नेत्र रोकायाको उपचारका क्रममा काठमाडौं स्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ।

 

प्रहरीका अनुसार ०८२ पुस ८ गते बिहान करिब ९ बजे त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटबाट छलस्थित मन्दिरमा पूजा गर्न जाँदै गर्दा त्रिपुराकोट–जुम्ला सडकखण्डअन्तर्गत गल्ली गाडस्थित कल्भर्ट पुलमा क १ प १२१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा रोकाया गम्भीर घाइते भएका थिए।

दुर्घटनामा रोकायाका दुवै कुम भाँचिनुका साथै फोक्सोबाट हावा लिक हुने जटिल अवस्था देखिएपछि उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल दुनै लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि फिष्टेल एयरको 9N-AJ2 नम्बरको हेलिकप्टरमार्फत साँझ करिब ५ बजे काठमाडौं लगिएको थियो।

यसै दुर्घटनामा सोही मोटरसाइकलमा पछाडि सवार ३६ वर्षीया गीता बुढा पनि घाइते भएकी छन्। उनको ग्राण्डी अस्पतालमै उपचार भइरहेको र बायाँ हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जनहितमा जारी सन्देश

https://dolpobuddhamun.gov.np/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP