ताजा
सुर्खेतको वीरेन्द्रनगरमा ब्राउन सुगरसहित २४ वर्षीय युवक पक्राउ  ||    परीक्षामा पास गराइदिने भन्दै करोडौं ठगी गर्ने दैलेखका एक युवक सुर्खेत प्रहरीको फन्दामा   ||    कर्णाली प्रदेशमा २०८३ सालका लागि ६ दिन थप सार्वजनिक बिदा घोषणा  ||    सर्वोच्चको आदेश: ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान टुंग्याउनू  ||    जाजरकोटमा नक्कली प्रवेशपत्र बनाएर सट्टामा परीक्षा, बाबु र छोरासँगै पक्राउ परे लेखापाल  ||    कर्णाली प्रदेशको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक : मुख्यमन्त्री कँडेल  ||    सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग  ||    प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र  ||   
मंगलबार , चैत्र २४, २०८२

पूर्ण सार्की/ डोल्पा । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले खानेपानी गुणस्तर परीक्षण शिविर सञ्चालन गर्ने भएको छ।

नगरपालिकाको वास ईकाई शाखा( सुस्वा) ले सबैका लागि स्वच्छ, सफा खानेपानी पुऱ्याउन पालिका भित्रका सबै वडाहरुमा पालिका स्तरीय निःशुल्क खानेपानी गुणस्तर परीक्षण शिविर सञ्चालन गर्ने वास ईकाई शाखाका प्रमुख धन प्रसाद बुढाले रंगिन पाटीलाई जानकारी दिए।

वास ईकाईले खानेपानीको अवस्था मूल्याङ्कन गर्न, सुरक्षित तथा स्वच्छ पानी प्रयोगमा सचेतना बढाउन र सम्भावित जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने उद्येश्य सहित पालिका भित्रका वडाहरुमा रहेका सबै खानेपानीलाई लक्षित गर्दै यही पुस १४ गते सोमबार देखि पुस २१ गते सम्म पालिका स्तरीय खानेपानी गुणस्तर परीक्षण शिविर सञ्चालन गर्ने भएको हो।

शाखाका अनुसार पालिका भित्रका १,२,३ र ४ नं वडाको क्रमशः १४,१५, र १६ गते नगरपालिकाको कार्यालयमा , ५ र ६ नं वडाको क्रमशः १७ र १८ गते खदाङमा , ७ र ८ नं वडाको १९ गते ७ नं वडा कार्यालयमा, ९, १० र ११ नं वडाको २० र २१ गते १० नं वडा कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म शिविर सञ्चालन गरिने छ ।

नगरपालिकाको वाश ईकाइमार्फत सञ्चालन हुने यस शिविरमा सम्बन्धित वडाभित्र रहेका खानेपानी तथा सरसफाइ योजनाको पानीको गुणस्तर परीक्षण गरिनेछ।

शिविरमा परीक्षणका लागि मुहानको पानी, ट्याङ्की, धारा तथा घरमा पानी भर्ने भाँडोसहित चारवटा स्थानबाट पानीको नमुना संकलन गरी परीक्षण स्थलसम्म पुर्‍याउन खानेपानी उपभोक्ता समिति तथा सरोकारवालालाई अनुरोध गर्दै वास इकाईले १ देखि ११ वडा र सम्पूर्ण खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरूलाई शिविर सफल बनाउन आवश्यक समन्वय तथा सहकार्य गर्न आग्रह समेत गरेको छ।

हेर्नुहोस् सूचना 

जनहितमा जारी सन्देश 

https://dolpobuddhamun.gov.np/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

केपी ओलीको रिहाइको माग गर्दै डोल्पामा प्रदर्शन 

जुम्लामा जातीय विभेदको आरोपमा एक महिला पक्राउ


TOP