डोल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोल्पाले महत्वपूर्ण विषयमा छलफल गर्न जिल्लास्तरीय  बैठकको आह्वान गरेको छ।

रास्वपा जिल्ला कार्यसमिति डोल्पाले मंगलबार एक सूचना जारी गर्दै जिल्लास्थित सम्पूर्ण  जिल्ला कमिटीका पदाधिकारीहरु,नगर/गाउँ कमिटी, वडा कमिटीका पदाधिकारी तथा सदस्यहरूका साथै साधारण सदस्य र शुभचिन्तकहरूलाई अनिवार्य उपस्थितिका लागि आह्वान गरेको छ ।

जिल्लामा संगठन विस्तार, आन्तरिक संरचना सुदृढीकरण तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्नुपर्ने भन्दै यही वैशाख १५ गते बिहान बैठकको आह्वान गरेको रास्वपा जिल्ला सभापति देवसिं ऐडिले जानकारी दिए ।

उनले उक्त बैठक सदरमुकाम दुनै स्थित जिल्ला समन्वय समितिको सभा हलमा आयोजना हुने बताए ।  बैठकमा पार्टीका सबै तहका नेता-कार्यकर्तालाई समयमै उपस्थित हुन आग्रह समेत गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP