रुकुम पूर्व । कोइली शाही मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दा खेपिरहेका परिचन्द्र खत्रीलाई रुकुमकोटस्थित जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
जिल्ला अदालत रुकुमकोटले खत्रीविरुद्ध प्रारम्भिक अनुसन्धानबाट पर्याप्त आधार र प्रमाण देखिएको ठहर गर्दै उनलाई थुनामा राखी मुद्दाको थप सुनुवाइ अघि बढाउने निर्णय गरेको हो।


उक्त घटनापछि करिब साढे ९ महिनापछि अदालतमा उपस्थित भएका खत्री आज आफैं उपस्थित भएका थिए। सुनुवाइका क्रममा पीडित पक्षले अदालत परिसर बाहिर पर्चा–पम्पलेटसहित प्रदर्शन गर्दै न्यायको माग गरेका थिए।
घटनासम्बन्धी थप अनुसन्धान तथा अदालती प्रक्रिया जारी रहेको अदालतले जनाएको छ।











