डोल्पा । हिमाली जिल्ला डोल्पामा सञ्चार पहुँच विस्तार गर्न फोरजी सेवा विस्तारका लागि करोडौं रकम बराबरको बजेट माग प्रस्ताव गरिएको छ।

जिल्लाबाट निर्वाचित सांसद धन बहादूर बुढाको नेतृत्वमा सरोकारवालाहरूले संचार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबार पुगी समग्र जिल्लामा गुणस्तरीय टावर विस्तारको योजना सहित बजेट व्यवस्था गरिदिन अनुरोध गरेका हुन् ।

सांसद बूढाको अनुसार आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्ताव गरिएको योजनाअनुसार काइके गाउँपालिका, छार्काताङसोङ गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका, शे-फोक्सुण्डो गाउँपालिका र जगदुल्ला गाउँपालिकामा फोरजी सेवा विस्तार गर्ने लक्ष्य सहित माग प्रस्तुत गरिएको छ ।

 

त्यस्तै त्रिपुरासुन्दरीको रंग, बन्तडी, दापु, मुहु, हुम, सुँ, जिउ शे- फोक्सण्डोको पुग्मो, छेक्पा, रेची, ठूलीभेरीको लाहरा, तिप्ला, रह, परिला र फुनाल्दो लगायतका गाउँहरूमा टावर निर्माण तथा सञ्चालनका लागि ५ करोड रुपैयाँको योजनाको प्रस्ताव गरिएको सांसद बुढाले जानकारी दिए ।

त्यस्तै, डोल्पाको मौरे र रसीमा रहेका मुख्य टावरहरूको क्षमता अभिवृद्धि तथा पूर्वाधार निर्माणका लागि थप ५ करोड रुपैयाँ छुट्याउन माग गरिएको छ।

दूरदराजका बस्तीहरूमा अझै पनि भरपर्दो सञ्चार सेवा नपुगेको भन्दै स्थानीय तह र सरोकारवालाहरूले डिजिटल पहुँच विस्तार गर्न उक्त योजना तत्काल कार्यान्वयन गर्नुपर्ने सांसद बुढाले बताए ।

योजना मागको क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका मन्त्री डा. विक्रम तिमिल्सिनाले डोल्पाको विषयमा आफूले पनि सोचेको र माग प्रस्तुत गरिएका योजनाहरू आगामी आर्थिक वर्षमा समेटिने आश्वासन समेत दिएको सांसद बुढाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP