ताजा
शनिबार , जेठ २३, २०८३

पूर्ण सार्की/ डोल्पा । हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिकामा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।

स्थानीय बासिन्दालाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ शे- फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षार्थको लागि खटिएको नेपाली सेनाको श्री संग्राम शार्दूल गुल्मको आयोजना तथा विभिन्न निकायहरूसँगको समन्वय र सहकार्यमा जिल्लाको जगदुल्ला गाउँपालिका–५ माझगाउँमा ‘निःशुल्क स्वास्थ्य शिविर–२०८३’ आयोजना गर्न लागिएको गुल्मका गुल्मपति हरीश शाहीले जानकारी दिए ।

गुल्मपति शाहीका अनुसार शिविर आगामी जेठ २ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछ। शिविरमा नेपाली सेना र जिल्ला अस्पताल दुनैका अनुभवी चिकित्सकहरूले स्वास्थ्य परीक्षण गर्नेछन्।

शिविरमार्फत उच्च रक्तचाप, ग्यास्ट्रिक, दम, स्त्री रोग तथा आँखा सम्बन्धी रोगहरूको जाँच गरिनुका साथै बिरामीलाई निःशुल्क औषधि वितरण गरिने कार्यक्रम रहेको गुल्मपति शाहीले बताए ।

दूरदराजका बासिन्दालाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो शिविर आयोजना गरिएको नेपाली सेनाले जानकारी दिएको  छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP