ताजा
शनिबार , जेठ २३, २०८३

जाजरकोट । जाजरकोटको जुनीचाँदे गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयहरु आइतबार पनि सञ्चालन हुने भएका छन् ।

सङ्घीय सरकारले हप्ताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै आइतबार बिदा हुँदै आएका पालिका भित्रका सामुदायिक विद्यालयहरू अब आइतबार पनि सञ्चालन हुने भएका हुन् ।

गाउँपालिकामा गत वैशाख २० गते आइतबार बसेको बैठकले हालसम्म लागू रहेको दुई दिनको सार्वजनिक बिदालाई परिवर्तन गर्दै अबदेखि शनिबार मात्रै सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम महताराले जानकारी दिए।

उनका अनुसार अब विद्यालयहरू हप्ताको एक दिन मात्र बन्द रहनेछन् भने आइतबारदेखि नियमित पठनपाठन सञ्चालन गरिने छ।

उनले शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउन तथा विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP