ताजा
शनिबार , जेठ २३, २०८३

सल्यान । सल्यानको दार्मा गाउँपालिका–२ भुसखोलामा शुक्रबार ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जिल्लाको फारुल्लाचौरबाट भुसखोला तर्फ जाँदै गरेको रा १ त ४४९५ नम्बरको खाली ट्याक्टर दिउँसो करिब १ः३० बजे सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटनामा परेको हो ।

दुर्घटनामा ट्याक्टर चालक दार्मा गाउँपालिका–२ भुसखोला निवासी अन्दाजी १७ वर्षीय प्रदिप विक गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि थुम्के सल्ली स्वास्थ्य चौकी दार्मा लगिएकोमा स्वास्थ्यकर्मीले दिउँसो १ः५० बजे मृत घोषणा गरेका थिए ।

दुर्घटनामा परी ट्याक्टरमा सवार सोही स्थानका १७ वर्षीय टेकबहादुर विक घाइते भएका छन् । उनको शरीरका विभिन्न भागमा सामान्य चोट लागेको र थुम्के सल्ली स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, २२ वर्षीय विशाल विकको दाहिने हातमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको र थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP