डोल्पा । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा करिब ३० लाख रुपैयाँ बराबरको राजश्व उठ्नै बाँकी रहेको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा मात्रै नगरपालिकाको डोजर प्रयोग गरेबापत उठ्नुपर्ने राजश्वमध्ये ठूलो रकम अझै दाखिला हुन बाँकी रहेको नगरपालिकाले जानकारी दिएको छ ।

पालिकाका अनुसार विभिन्न व्यक्ति तथा स्थानमा पालिकाको डोजर प्रयोग गरेबापत उक्त आर्थिक वर्षमा हालसम्म ४२ लाख ४८ हजार रुपैयाँ राजश्व संकलन गरेको भए पनि अझै २९ लाख ५३ हजार ४ सय ५५ रुपैयाँ उठ्न बाँकी रहेको उल्लेख गरेको छ ।

सरकारी साधन प्रयोग गरी दर्जन बढीले लाखौं रकम नतिरे पछि पालिकाको राजश्व संकलनको अवस्था कमजोर बनेको पालिकाका एक कर्मचारीले जानकारी दिए ।

‘आर्थिक वर्ष २०८१/८२ मा धेरैले पालिकाको डोजर प्रयोग गरेका छन् । केहीले डोजर प्रयोग गरे बापतको राजश्व बुझाएपनी केहीले अझै तिरेका छैनन।’ उनले भने ‘ लाखौं रुपैयाँ राजश्व उठाउन बाँकी छ । बारम्बार खबर गरेको भएपनि तिर्न मानिरहेका छैनन् ।’

उनका अनुसार पालिकाको डोजर विभिन्न व्यक्तिले प्रति घण्टाको ८ हजारका दरले प्रयोग गरेका छन् ।

पालिकाकै जनप्रतिनिधि देखि एमालेका जिल्ला अध्यक्ष समेतले तिरेनन् राजश्व 

पालिकाका अनुसार डोजर प्रयोग गरी पालिकाकै जनप्रतिनिधिदेखि नेकपा एमालेका जिल्ला अध्यक्षसम्मले राजश्व बुझाएका छैनन् ।

त्रिपुरासुन्दरी १ का वडा अध्यक्ष रामचन्द्र कुलालले पालिकाको डोजर ३ घण्टा प्रयोग गरेबापतको २४ हजार रुपैयाँ राजश्व दाखिला गर्न बाँकी छ ।

अध्यक्ष कुलालले डोजर प्रयोग गरेको स्वीकार्दै तिर्ने तयारीमा रहेको जानकारी दिए। उनले भने ‘पहिला घर बनाउँदा प्रयोग गरेको हुँ, अब तिर्ने तयारी गर्दै छु ।’

त्यस्तै नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका लंक रोकायले ६ घण्टाको ४८ हजार रुपैयाँ र त्रिपुरासुन्दरी ७ का वडा अध्यक्षको आदेशमा काम भएको तर राजश्व दाखिला नभएको भन्दै ५ घण्टाको ४० हजार रुपैयाँ समेत उठ्न बाँकी रहेको पालिकाले उल्लेख गरेको छ ।

उनीहरू मात्रै नभई दर्जनौं बढीले पालिकाको डोजर प्रयोग गरेर राजश्व दाखिला गरेको छैनन्। नगरपालिकाले राजश्व दाखिलाको बारम्बार पत्र पठाएपनि वास्ता नगरेको पालिकाको भनाइ छ ।

पालिकाका अनुसार जिल्ला भित्रका निर्माण व्यवसायी देखि स्थानीय र केही कार्यालय समेत पालिकाको डोजर प्रयोग गरेबापतको लाखौं रकम उठाउन बाँकी छ ।

यो आर्थिक वर्ष २०८२/८३ मा समेत धेरैले पालिकाको डोजर प्रयोग गरेको तर लाखौंको हारहारीमा राजश्व उठाउन बाँकी रहेको पालिकाले जनाएको छ ।

नगरपालिकाको डोजर प्रयोगबापत उठ्नुपर्ने ठूलो रकम अझै दाखिला हुन बाँकी रहेपछि राजश्व संकलन र उपकरण प्रयोग व्यवस्थापनमा समस्या भइरहेको पालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP