डोल्पा।  हिमाली जिल्ला डोल्पामा हावाहुरीले विद्यालयको छाना उडाउँदा लाखौंको क्षति भएको छ ।

शुक्रबार राति ९ बजे तिर चलेको हावाहुरीका कारण जिल्लाको ठुलीभेरी नगरपालिका-०२ कुम्ली स्थित मन्मा आधारभूत विद्यालय भवनको छाना उडाउँदा लाखौं बराबरको क्षति भएको विद्यालयले जानकारी दिएको छ ।

विद्यालयका अनुसार हावाहुरीले विद्यालयको नयाँ दुई कोठे भवन र पुरानो एक कोठे भवनको जस्ता पाताले छाएको छाना नजिकैको स्याउ बगैंचामा पुगेका छन् भने कृषकका स्याउका बिरुवा समेत नष्ट भएका छन्। हावाहुरीले विद्यालयमा जडान गरिएको सोलार प्रणालीमा पनि क्षति पुगेको बताइएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले हावाहुरीले छाना उडाउँदा अनुमानित ३ लाख रुपैयाँभन्दा बढीको क्षति भएको जानकारी दिए ।

उनले तत्काल मर्मतका लागि सहयोगको अपिल गर्दै कक्षा ५ सम्म अध्ययन हुने विद्यालयका विद्यार्थी खुला चौरमा पढ्न बाध्य भएको बताए।

‘पहिला नै विद्यालयमा भवन अभाव हुँदा पठनपाठनमा समस्या थियो । हावाहुरीले छाना उडाउँदा झनै समस्या हुने भयो ।’ उनले भने ‘बालबालिकालाई खुला चौरमा राखेर पढाउनुपर्ने अवस्था आएको छ। हावाहुरी र वर्षाका बेला साना बालबालिकालाई बाहिर राखेर पढाउनु निकै कठिन र जोखिमपूर्ण हुन्छ ।’

हावाहुरीले विद्यालयको भवन उडाएपछि उक्त वडाका वडा अध्यक्ष कमलबहादुर क्षत्रीले तत्काल वडाको विपद् कोषबाट पालको व्यवस्था गरी पठनपाठन सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए। साथै नगरपालिका, सामाजिक विकास कार्यालय र जिल्ला प्रशासन कार्यालयसँग पनि मर्मत तथा सहयोगका लागि पहल गरिने उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP