डोल्पा । हिमाली जिल्ला डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा नेपाल टेलिकमले फोरजी सेवा सञ्चालनमा ल्याएको छ ।

समुद्री सतहदेखि करिब ४ हजार २ सय मिटर उचाइमा रहेको मुकोटस्थित टावरमा फोरजी उपकरण जडान गरी माइक्रोवेभ रेडियोमार्फत सेवा सञ्चालन गरिएको नेपाल टेलिकमले जानकारी दिएको छ ।

टेलिकमका प्रवक्ता कमल लामिछानेले यससँगै नेपाल टेलिकमको फोरजी सेवा पुगेका स्थानीय तहको संख्या ७५० पुगेको जानकारी दिएका छन् ।

माथिल्लो डोल्पामा सञ्चालनमा ल्याइएको यो पहिलो फोरजी साइट भएको टेलिकमले जनाएको छ । अब डोल्पाका डोल्पो बुद्ध गाउँपालिका र शे-फोक्सुन्डो गाउँपालिका तथा मनाङको नार्पा भूमि गाउँपालिकामा मात्रै नेपाल टेलिकमको फोरजी सेवा विस्तार हुन बाँकी रहेको बताइएको छ ।

नेपाल टेलिकमले निकट भविष्यमा ती स्थानीय तहहरूमा समेत फोरजी सेवा विस्तारलाई निरन्तरता दिने जनाएको छ । फोरजी सेवा विस्तारसँगै स्थानीय बासिन्दा, पदमार्गमा यात्रा गर्ने पदयात्री तथा पर्यटकहरूको सञ्चार पहुँच सहज हुने अपेक्षा गरिएको छ । साथै प्रशासनिक, सुरक्षा, स्वास्थ्य र शैक्षिक गतिविधिमा समेत यसले सहयोग पुग्ने विश्वास गरिएको छ ।

‘राष्ट्रको सञ्चार’ को रूपमा परिचित नेपाल टेलिकम ले देशका सुगमदेखि अति दुर्गम क्षेत्रसम्म अत्याधुनिक दूरसञ्चार सेवा तथा सूचना प्रविधिको पहुँच विस्तार गर्ने प्रतिबद्धतालाई निरन्तरता दिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP