बुधबार , जेठ २७, २०८३

बाँके । बाँकेको बैजनाथमा जलवायु परिवर्तन सम्बन्धी बिद्यालय स्तरीय सचेतना कार्यक्रम अन्तरगत सिकाइ साझेदारी बैठक सम्पन्न भएको छ ।

बैजनाथ गाउँपालिकाको सहयोगमा बास नेपालद्धारा आयोजित उक्त छलफल तथा समिक्षा बैठकमा जलवायु परिवर्तन सचेतना कार्यक्रमले छोटो समयमा राम्रो उपलब्धी हासिल भएको प्रधानाध्यापकहरुले बताएका छन् ।

कार्यक्रमको बोल्दै श्री सुर्योदय माबि चिसापानीका प्रधानाध्यापक दिपक बहादुर शाहीले जलवायु सचेतना कार्यक्रम प्रभावकारी रहेको बताए । जलवायु परिवर्तन अहिलेको आवश्यकता रहेको बताउदै बिद्यार्थीसँगै अभिभावक सचेतनामा जोड दिनुपर्नेमा उनको जोड थियो ।

बिद्यालय सरसफाई र हरियालीसँगै शुद्ध पिउने पानी लगायतका आधारभुत कुराहरु समाधानमा पालिकाले जोड दिनुपर्नेमा सहभागि प्रधानाध्यापकहरुको जोड थियो । बैठकको क्रममा जलवायु परिवर्तन कार्यक्रममा सहभागि बिद्यार्थीहरुले अनुभव आदान प्रदान गरेका थिए ।

बास नेपालका केन्द्रीय महासचिब कल्पना अधिकारीले सहजिकरण गरेको बैठकमा जलवायु परिवर्तन सम्बन्धी सचेतना कार्यक्रमको उद्धेश्य, कार्यक्रम अन्तरगत प्राप्त महत्वपूर्ण उपलब्धीहरु, सिकाई, समस्या र चुनौती र आगामी योजनाका बिषयमा बास नेपालका निर्देशक हेमराज भट्टले प्रस्तुतीकरण गरेका थिए ।

बैठकमा बैजनाथ गाउँपालिका वडा नम्बर १ को श्री सूर्योदय माबि, वडा नम्बर ५ का श्री सुन्दर आबि, श्री सिंह भवानी आबि र श्री नेरा माबि गुरुवागाँउ र वडा नम्बर ७ को श्री नेरा माबि पेडारीका प्रधानाध्यापक, सम्पर्क शिक्षक र जलवायु क्लबमा आबद्ध बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP