बुधबार , जेठ २७, २०८३

डोल्पा । हिमाली जिल्ला डोल्पाका ८ वटा स्थानीय तहलाई संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल १ अर्ब ७५ करोड ८७ लाख रुपैयाँ अनुदान विनियोजन गरेको छ।

अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत अर्थ मन्त्रालयले समानीकरण, सशर्त, विशेष तथा समपूरक अनुदान शीर्षकमा उक्त रकम स्थानीय तहहरूलाई उपलब्ध गराएको हो।

विनियोजित रकम अनुसार त्रिपुरासुन्दरी नगरपालिकाले सबैभन्दा बढी ३६ करोड २५ लाख रुपैयाँ प्राप्त गरेको छ। त्यसपछि ठूलीभेरी नगरपालिकाले ३१ करोड ५४ लाख रुपैयाँ, मुड्केचुला गाउँपालिकाले २३ करोड ४० लाख रुपैयाँ, जगदुल्ला गाउँपालिकाले २० करोड ६१ लाख रुपैयाँ तथा शे–फोक्सुण्डो गाउँपालिका ले २० करोड २० लाख रुपैयाँ प्राप्त गरेका छन्।

त्यस्तै काइके गाउँपालिका लाई १८ करोड ३४ लाख रुपैयाँ, डोल्पो बुद्ध गाउँपालिका लाई १३ करोड ७१ लाख रुपैयाँ र छार्का ताङसोङ गाउँपालिका लाई ११ करोड ८२ लाख रुपैयाँ अनुदान विनियोजन गरिएको छ।

विनियोजित रकमको आधारमा सबैभन्दा बढी अनुदान त्रिपुरासुन्दरी नगरपालिकाले प्राप्त गरेको छ भने सबैभन्दा कम अनुदान छार्का ताङसोङ गाउँपालिकालाई प्राप्त भएको छ। त्रिपुरासुन्दरी नगरपालिका र छार्का ताङसोङ गाउँपालिकाबीचको अनुदान रकममा २४ करोड ४३ लाख रुपैयाँको अन्तर रहेको देखिन्छ।

सरकारले स्थानीय तहको जनसंख्या, भौगोलिक अवस्था, विकासको आवश्यकता, पूर्वाधारको अवस्था तथा सेवा प्रवाहका सूचकलाई आधार मानेर अनुदान वितरण गर्ने गरेको जनाएको छ।

कुन पालिकामा कति अनुदान ?

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP