ताजा
डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||   
शुक्रबार , असार ५, २०८३

बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफको बिहेको मिति नजिकिँदै छ। उनीहरु दुवैका परिवार बिहेको तयारीका लागि भारतस्थित राजस्थान पुगिसकेका छन्। यी दुई कलाकारको विवाह समारोह ७ देखि ९ डिसेम्बरसम्म राजस्थानको सवाई माधोपुरस्थित सिक्स सेन्स फोर्ट बर्वारामा हुन लागेको हो। 

अहिले सिंगो बलिउड र विक्की-कट्रिनाका प्रशंसकहरु उनीहरुको नयाँ जीवनको सुरुवात हेर्न आतुर छन्। विक्की र कट्रिनाको बिहेको तयारीबारे खबरको सिलसिलामा फेरि अर्को जानकारी बाहिर आएको छ।

कोइमोइका अनुसार उनीहरुलाई आफ्नो बिहेको भिडियो खिच्न दिएबापत सय करोड भारु पाउने ‘अफर’ आएको छ। यदि उनीहरुले बिहेको फुटेज बिक्री गरे भने पनि त्यति नै रकम पाउने छन्।

केही महिनादेखि विक्की र कट्रिना आफ्नो बिहेको कुरा गोप्य राख्ने कोसिस गरिरहेका छन्। उनीहरुले बिहेमा सीमित पाहुनालाई निम्तो दिएका छन्। बिहेमा पाहुनालाई पनि मोबाइल चलाउन नपाउने र बाहिरी मान्छेसँग सम्पर्क गर्न नपाउने नियम राखेका छन्। यसरी मिडिया र प्रशंसकहरुले उनीहरुको बिहेका फोटो वा कार्यक्रममा के भइरहेका छन् भन्नेबारे कुनै जानकारी पाउने छैनन्।

यसले विक्की र कट्रिनाको बिहेले झनै चर्चा पाइरहेको छ। यही कारण एक ओटीटी प्लेटफर्मले उनीहरुको बिहेको फुटेज किन्न सय करोड भारु दिने प्रस्ताव राखेका हुन्। विदेशतिर चर्चित सेलिब्रेटीले आफ्नो बिहेको फोटो र फुटेज ठूलो रकम लिएर अनलाइन प्लेटफर्म वा म्यागेजिनलाई बेच्ने चलन छ। यही ट्रेन्ड हालसालै बलिउडमा पनि चल्न थालेको हो।

यसअघि यस्तै ‘अफर’ अभिनेत्री दीपिका पादुकोण र अभिनेता रनवीर सिंहले पनि पाएका थिए।

उनीहरुले भने आफ्नो बिहेको विशेष क्षण मिडियामा सार्वजनिक नगर्ने निर्णय गरेका थिए। यदि विक्की र कट्रिनाले सो रकम लिएर आफ्नो बिहेमा मिडियालाई आउन दिए भने दर्शकले उनीहरुका बिहेको लाइभ कार्यक्रम र परिवार तथा साथीहरुको अन्तर्वार्ता समेत हेर्न पाउने कोइमोइले लेखेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP