ताजा
डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||   
शुक्रबार , असार ५, २०८३

३१ साउन, काठमाडौं । सरकारले कायम राख्ने गरी लिएको लक्ष्य उछिन्दै अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा उच्च मूल्य वृद्धि भएको छ । यस आवमा सरकारले ६.५ प्रतिशतमा सीमित राख्ने बताएको थियो ।

तर, २०७९ असारमा एक वर्ष पहिलाको तुलनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत कायम भएको छ । यो २०७८ असारको वृद्धिदर भन्दा करिब दोब्बर हो । वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २०७८ असारमा भने ४.१९ प्रतिशत रहेको थियो । एक वर्षको बीचमा बढेको मूल्य अनुसार वार्षिक औसत उपभोक्ता मुद्रास्फीति भने ६.६२ प्रतिशत रहेको छ ।

यस तथ्यांक अनुसार पनि नेपालमा अघिल्लो आर्थिक वर्षमा दोब्बर मूल्य वृद्धि भएको देखिएको छ । आव २०७७/७८ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.६० प्रतिशत रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार यस आवमा नेपालीको भान्सा बढी महँगो भएको छ । खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत पर्ने घ्यू तथा तेलमा २६.१३ प्रतिशत दाल तथा गेडागुडीमा ९.९२ प्रतिशत मूल्य वृद्धि भएको छ ।

सूर्तीजन्य पदार्थमा ९.८४ र मदिरामा ८.५७ प्रतिशत मात्र मूल्य वृद्धि भएको छ । गैरखाद्य तथा सेवा समूहमा यातायातमा १५.८२ प्रतिशत, शिक्षामा ८.७८ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणमा ७.०९ र मनोरञ्जन तथा संस्कृतिमा ६.६८ प्रतिशतको मूल्य वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP