ताजा
डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||   
शुक्रबार , असार ५, २०८३

डोल्पा — डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोट वगरमा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविरमा ३सय १३ जनाले स्वास्थ्य सेवा लिएका छन्।नगरपालिकाको आयोजनामा भएको शिविरमा महिलाहरूमा देखिने प्रसूति पछिको फिस्टुला, छालासम्बन्धी कुष्ठरोग, सन्तान नहुने समस्याजस्ता स्वास्थ्य चुनौतीहरूको उपचार तथा परामर्श दिइएको लिकू  स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक तुल बहादुर श्रेष्ठले जानकारी दिए।

शिविरमा ९० जनाको प्रजनन समस्यासम्बन्धी परीक्षण गरिएको थियो भने पाठेघर झर्ने समस्याको दोस्रो चरणमा पुगेका ४ जना महिलालाई रिङ्ग पेसरीमार्फत उपचार गरिएको जनाइएको छ। त्यस्तै, ३ जना महिलामा भिआईए पोजेटिभ र १ जना भिआईए सस्पेक्टेट भेटिएकोले उनीहरूलाई थप परीक्षणका लागि एक महिनापछि जिल्ला अस्पताल डोल्पामा पठाइनेछ।शिविरमा एक जनाको इम्प्लान्टसम्बन्धी उपचारसमेत गरिएको स्वास्थ्यकर्मी सृजना बोहोराले जानकारी दिइन्।

स्वास्थ्य सेवा कार्यालयको समन्वयमा प्लान इन्टरनेशनल नेपाल, जर्मन कोर्पोरेशन, साइनिङ नेपाल र आइएनएफ नेपाल सुर्खेतको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो।

जिल्ला अस्पताल दुनैका डा. भीमबहादुर बुढा र आइनएफ सुर्खेतकी डा. सुभक्षा देवा श्रेष्ठको टोलीले सेवा प्रदान गरेका थिए। शिविर प्रभावकारी भएको र यस्ता कार्यक्रम नियमित भए महिलाको स्वास्थ्यमा सुधार आउने सेवा लिएका महिलाहरूले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP