ताजा
डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||   
शुक्रबार , असार ५, २०८३

काठमाण्डौ: जगदुल्ला हाइड्रोपावर ठेक्का प्रक्रियाविरुद्धको रिटमा उच्च अदालत पाटनले कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको छ ।

उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ डोल्पामा निर्माण सुरु गर्न लागिएको जगदुल्ला जलविद्युत् आयोजनामा सार्वजनिक खरिद ऐनविपरीत टेन्डर प्रक्रिया अघि बढाइएको भन्दै सिउ इन्फास्ट्रक्चर लिमिटेड र हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सनले सोमबार रिट निवेदन दायर गरेका थिए ।

मंगलबार न्यायाधीश टंकप्रसाद गुरुङको इजलासले १५ दिनभित्र लिखित जवाफ पेस गर्न जगदुल्ला हाइड्रोपावर लिमिटेड र बोलपत्र मूल्यांकन समितिका नाममा आदेश जारी गरेको हो ।

यस्तै उच्चले अन्तरिम आदेशका लागि निवेदक कम्पनीको आन्तरिक लेखा परीक्षणको क्रममा भएको परीक्षण तथा मूल्याङ्कनको कार्य सम्बन्धमा विपक्षी समितिले जानकारी नदिएको र सो कार्य सम्बन्धमा निवेदक कम्पनीको स्पष्टता तथा समुचित जानकारी आवश्यक रहेकाले दुवै पक्षलाई वैशाख ३० गतेको पेसी तोकी छलफलमा बोलाएको छ ।

मंगबार निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई तथा अधिवक्ताहरू भावेश गौतम, विशाल न्यौपाने र कैलाश तामाङले बहस गरेका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP