ताजा
शनिबार , जेठ २३, २०८३

सुर्खेत:नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग(वाईसीएल) नेपाल कर्णाली प्रदेश समितिको सम्मेलन वैशाख  २९ र ३० गते हुँदैछ ।पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सम्मेलन हुने भएको छ।

सम्मेलनको तयारी भव्य रुपमा भइरहेको कर्णाली प्रदेश समितिका  अध्यक्ष्य शोभाराम भण्डारीले बताए ।

वाईसीएल कर्णाली प्रदेश समितिले शनिबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै सम्मेलनमा कर्णाली प्रदेशका १० जिल्लाका ७९ स्थानीय तहका ७१८ वटै स्तरबाट १/१ जना प्रतिनिधि हरु छनोट भइसकेको र ९९ सदस्यीय सम्मेलन आयोजक समिति सहित कुल ८१७ प्रतिनिधि रहने योङ कम्युनिष्ट नेपाल कर्णाली प्रदेश समितिले जानकारी दिएको छ।

कर्णालीका ७९ वटै स्थानीय तहबाट  सयौं संख्यामा प्रतिनिधि, परिवेक्षक र स्वयंसेवकको उपस्थिति रहने भण्डारीले जानकारी दिए ।कर्णाली प्रदेश समितिको प्रथम ऐतिहासिक सम्मेलनको पूर्व प्रधानमन्त्री तथा अधक्ष्य प्रचण्डले यही वैशाख २९ गते दिउँसो १२ बजे वीरेन्द्रनगर ६ पिपलचौतारा सुर्खेतमा गर्नेछन्। त्यस्तै, वाईसीएल नेपाल केन्द्रको तेस्रो सम्मेलन जेठ १७, १८ र १८ गते हुँदैछ ।

सम्मेलनले वाईसिएल कर्णाली प्रदेश समिति निर्वाचित गर्ने आगामी नीति तथा कार्यक्रम पारित गर्ने र राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रतिनिधि प्रबेक्षको छनोट गर्ने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP