ताजा
डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||   
शनिबार , असार ६, २०८३

पुर्ण सार्की/सुर्खेत:पोखराका पर्यटन व्यवसायीले ‘जाउँ है पोखरा’ अभियान लिएर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत देखि पर्यटकलाई पोखरा घुम्न निम्तो दिएका छन्। आईतबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर देखि सिंगो कर्णाली बासी र सातै प्रदेशलाई पर्यटनमार्फत जोड्ने उद्देश्यले ‘जाऊ है पोखरा’ आन्तरिक पर्यटन प्रवद्र्धन अभियान छलफल तथा अन्तरक्रिया कार्यक्रम लिएर होटल संघ पोखराका सदस्यहरू कर्णाली प्रदेशआएका हुन्।

उनीहरूको स्वागत वीरेन्द्रनगरमा कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग वाणिज्य संघ कर्णालीका अध्यक्ष पदम शाही, होटल व्यवसायी संघ कर्णालीका अध्यक्ष तप्तबहादुर शाही लगायतले गरेका थिए।

गत वर्ष फागुनमा पूर्वी नेपालका विभिन्न सहरहरूमा अभियान सञ्चालन गरिसकेका व्यवसायीहरूले यसपटक पश्चिमी नेपालका वुटवल, नेपालगञ्ज, सुर्खेत र दाङ (घोराही) मा जेठ २९ देखि असार २ गतेसम्म अभियान सञ्चालन गरिरहेका छन्। अभियानका संयोजक तथा होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले आइतवार (असार १ गते) सुर्खेतबाट पोखरा भ्रमणको खुला निम्तो दिएका हुन्।

 

अध्यक्ष सुवेदीले पोखरा आउन कर्णालीका पर्यटकहरूलाई आग्रह गर्दै भने, “हामी पश्चिमबाट पोखरा पर्यटक ल्याउने मात्र होइन, पोखराबाट पनि सुर्खेतजस्ता रमणीय गन्तव्यमा पर्यटक पठाउने उद्देश्यका साथ आएका हौं।” साथै उनले कर्णालीका पर्यटन व्यवसायीलाई ‘जाउँ है सुर्खेत’ अभियान लिएर पोखरा आउन पनि आह्वान गरे।

 

उनले पोखरा महानगरपालिकाद्वारा घोषणा गरिएको पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन ‘जाउँ है पोखरा’ अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे। सुवेदीले पर्यटन विकासका लागि ‘कनेक्टिभिटी’ (सम्पर्क सञ्जाल) को महत्त्व उल्लेख गर्दै पोखरासम्म सिधा हवाई उडान तथा स्तरीय बस सेवा सञ्चालन गर्न पहल गर्नुपर्ने बताए।

उनले पोखरा र भैरहवामा बनेका अन्तर्राष्ट्रिय विमानस्थलहरूको नियमित सञ्चालनको लागि सरकारलाई दवाव दिन सबै सरोकारवालाहरू एकजुट हुनुपर्ने धारणा पनि राखे।

अध्यक्ष सुवेदीका अनुसार, पोखराको होटल क्षेत्रमा पाँच खर्ब रुपैयाँभन्दा बढीको लगानी छ भने हाल १,२०० होटलहरूमा करिब ४० हजार बेडको क्षमता रहेको छ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP