ताजा
डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||   
शनिबार , असार ६, २०८३

डोल्पा: हिमाली जिल्ला डोल्पाको ठूलीभेरी नगरपालिकाले मिनि नगर बस सञ्चालनका लागि आगामी आर्थिक वर्ष २०८२/८३ काे नीति तथा कार्यक्रममा रु ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। शुक्रबार सम्पन्न नगरसभाको १५ औं नगरअधिवेशनबाट यो निर्णय पारित गरिएको हो।

नगरपालिकाका नगर प्रमुख सुबर्ण कुमार बुढाले आफू चढ्ने गाडी नकिनी सर्वसाधारणको आवश्यकतालाई प्राथमिकता दिँदै नगर बसका लागि बजेट छुट्याएका हुन्।

ठुलीभेरी नगरपालिका सदरमुकाम दुनैमा अवस्थित भएकाले यहाँबाट जिल्लाका अधिकांश नागरिकले सेवा लिने भएकाले थप एकवटा मिनि नगर बस आवश्यक परेको निमित्त प्रमुख प्रशासकीय अधिकृत डिल प्रसाद रोकायाले बताए। उनका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा खरिद गरिएको ३२ सिटे नगर बसले सामान्य भाडादरमा पनि राम्रै आम्दानी गरिरहेको छ। सेवा र आम्दानी दुवै सन्तोषजनक भएपछि अर्को नगर बस थप्ने तयारी गरिएको हो।

नयाँ खरिद गर्न लागिएको मिनि नगर बस १५ देखि १८ सिटे क्षमताको हुने र दुनै–जुफाल–माझफाल हुँदै काडातालीसम्म सञ्चालन गरिने नगर प्रमुखको सचिवालय प्रमुख रेखामान बुढाले जानकारी दिए।

नगरपालिकाद्वारा सञ्चालित नगर बस निश्चित समयमा तय गरिएका स्थानहरूबाट छुट्ने र निजी यातायात सेवाभन्दा कम भाडादरमा सेवा प्रदान गर्ने भएकाले यात्रुहरूलाई सजिलो हुने गरेको स्थानीयले बताएका छन्।

यस पहलले नगरवासीलाई सुलभ, सुरक्षित र किफायती यातायात सेवा उपलब्ध गराउनुका साथै नगरपालिकाको आम्दानीमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP