ताजा
डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||   
शनिबार , असार ६, २०८३

🔴 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):

सञ्चित धनमा वृद्धि हुने सम्भावना छ। बोलिको प्रभावले महत्वपूर्ण कार्य सम्पन्न गर्न सकिनेछ। प्रियजनसँग भेटघाट वा घुमफिरको अवसर मिल्नेछ। शिक्षाको क्षेत्रमा उल्लेखनीय प्रगति हुने संकेत देखिन्छ।

🔸शुभ रंग: पहेलो

शुभ अंक: ८

 

🟢 वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):

प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। रमाइलो जमघट र स्वादिष्ट भोजनको अवसर मिल्नेछ। व्यक्तित्व निखारिने र नयाँ कामको प्रस्ताव आउने योग देखिन्छ।

🔸शुभ रंग: सेतो

🔸शुभ अंक: ७

 

🌿 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):

पहिलाका कमजोरी सुधार गर्ने मौका प्राप्त हुनेछ। आम्दानीका नयाँ स्रोतहरू विस्तार हुनेछन् तर कानुनविपरीतका कार्यबाट टाढा रहनु उपयुक्त हुनेछ।

🔸शुभ रंग: हरियो

🔸शुभ अंक: ३

🌊 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):

तारिफयोग्य कार्यले लोकप्रियता बढ्नेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता विस्तार हुनेछ। तथापि, अवसरवादीहरूको जालमा नपर्नु होशियारी हुनेछ।

🔸शुभ रंग: हल्का पहेलो

🔸शुभ अंक: २

 

🔥 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):

महत्वपूर्ण कार्यको थालनीको समय हो। व्यापार व्यवसायमा राम्रो लाभ सम्भावना छ। पिताको सहयोग प्राप्त हुनेछ। युवाहरुलाई करियरप्रति चिन्ता देखिनेछ।

🔸शुभ रंग: केशरी

🔸शुभ अंक: ५

🌾 कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):

लगनशीलताले सफलता प्राप्त हुनेछ। रोकिएका कार्यहरु अघि बढ्नेछन्। यात्रामा सतर्कता अपनाउनु उपयुक्त हुनेछ। धार्मिक कार्यमा रुचि देखिनेछ।

🔸शुभ रंग: सुन्तला

🔸शुभ अंक: ३

 

⚖️ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):

आत्मविश्वास बढ्नेछ। राजनीतिक वा सामाजिक क्षेत्रबाट जनसमर्थन प्राप्त हुनेछ। योग्यताको उचित कदर हुने समय हो।

🔸शुभ रंग: सेतो

🔸शुभ अंक: ५

🦂 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):

पारिवारिक वातावरण सुखद रहला। आफ्नै काममा अरुले श्रेय लिन खोज्न सक्छन्, सतर्क रहनुहोस। विद्यार्थीहरूले अध्ययनमा मन लगाउनेछन्।

🔸शुभ रंग: खैरो

🔸शुभ अंक: ५

🏔 धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):

कार्यक्षेत्रमा सहकर्मीहरूबाट साथ मिल्नेछ। उच्च शिक्षाका लागि योजना बन्नेछ। कृषिमा समेत लाभ मिल्ने सम्भावना छ। स्वास्थ्यप्रति सजग रहनु उपयुक्त हुनेछ।

🔸शुभ रंग: सेतो

🔸शुभ अंक: ३

🏔 मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि):

व्यवसायमा लाभ हुने र नयाँ स्रोतहरू फेला पर्ने सम्भावना छ। कृषिबाट पनि आर्थिक लाभ प्राप्त हुने योग छ। विद्यार्थीहरूका लागि अध्ययनमा प्रगति हुने समय हो।

🔸शुभ रंग: हरियो

🔸शुभ अंक: ७

💧 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):

चिताएको कार्य समयमै पूरा हुने सम्भावना छ। स्वास्थ्यमा ध्यान दिनुपर्ने समय हो। प्रेम सम्बन्ध तथा मित्रता प्रगाढ बन्नेछ।

🔸शुभ रंग: खैरो

🔸शुभ अंक: २

 

🌊 मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):

धैर्य र साहसमा वृद्धि हुनेछ। सोचिएको कार्य सम्पन्न हुने र ठेकापट्टाको कार्यबाट विशेष लाभ हुने सम्भावना छ।

🔸शुभ रंग: सुन्तला

🔸शुभ अंक: २

तपाईंको दिन शुभ रहोस्!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP