ताजा
डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||   
शनिबार , असार ६, २०८३

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) समक्ष नवराज बोहोराले कर्णालीको समग्र विकास, वातावरण संरक्षण र सुशासन स्थापनाको अभियानबारे जानकारी गराएका छन् ।

 

बोहोरा सुर्खेतदेखि काठमाडौंसम्म करिब एक महिनाको लामो पैदल यात्रा गर्दै काठमाण्डौ आइपुगेका हुन् । उनले कर्णाली क्षेत्रको पछाडि पारिएको अवस्था, विकासमा भइरहेको ढिलाइ, वातावरणीय समस्याहरू, अनियमितता तथा भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै जनचेतनाको अभियान चलाइरहेका छन् ।

 

अध्यक्ष प्रचण्डले बोहोराको प्रयासलाई सकारात्मक रूपमा स्वागत गर्दै उक्त अभियान माओवादी केन्द्रको मूल विचार र उद्देश्यसँग मेल खाने बताए । उनले आफू सरकारमा रहँदा कर्णालीको समृद्धिका लागि विभिन्न पहलहरू गरिएको स्मरण गराउँदै त्यसैको निरन्तरता स्वरूप बोहोराको अभियानले थप ऊर्जा दिने विश्वास व्यक्त गरे । प्रचण्डले बोहोरालाई अभियान निरन्तर जारी राख्न शुभकामना दिँदै आवश्यक सहयोग र समर्थन रहने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP