ताजा
डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||   
शनिबार , असार ६, २०८३

पूर्ण सार्की /डोल्पा: डोल्पा जिल्लाको काईके गाउँपालिका–४, रिवा र त्रिपुरासुन्दरी नगरपालिका–३ भित्ति क्षेत्रमा असार १२ गते राति र १३ गते बिहान भीषण वर्षा सगै पहिरो र बाढी आउँदा करोडौँ रुपैयाँ बराबरको क्षति पुगेको छ।

बिहिबार राति करिब १२:३० बजेको समयमा काईके गाउँपालिका–४, रिवामा करिब ५०० मिटर माथिबाट लेदो सहितको ठूलो पहिरो खस्दा विद्यालय, निजी घर, तथा थुप्रै संरचनामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक डिएस्पी रुक बहादुर खड्काले जानकारी दिए  ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार बाढीले रिवा स्थित श्री पुथा आधारभूत विद्यालयको एक तले ४ कोठे कच्ची भवन पूर्णरूपमा क्षति भएको छ। उक्त विद्यालयमा रहेका कम्प्युटर, फोटोकपि मेसिन, सीसीटीभी, दिवा खाजाको सामग्री लगायतका सामानसमेत नष्ट हुँदा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

सोही वडाकै मनराज बिकको एक तलाको ३ कोठे कच्ची घर, सुरेन्द्र बिकको दुई तलाको ६ कोठे घर, धनलाल सुनार को एक तलाको ३ कोठे शौचालय सहितको घरमा क्षति पुर्याई लाखौं रकम बराबरको क्षति पुर्‍याएको छ। यसबाहेक, १२ वटा घर आंशिक रुपमा क्षतिग्रस्त भई करिब ३० लाख बराबरको क्षति भएको छ भने ४० वटा घर सामान्यरूपमा प्रभावित भई ९८ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक मुचुल्कामा उल्लेख छ।

साथै, सोही दिन बिहान ३:३० बजे त्रिपुरासुन्दरी नगरपालिका–३ भित्तिमा अवस्थित खोर खोलामा आएको बाढीले तटबन्धन निर्माणका लागि राखिएका ८५ थान जाली बगाएर लगेको छ। भने यो क्षेत्र भित्र बस्ने स्थानियको घरमा समेत बाढीले क्षति पुर्‍याएको त्रिपुराकोट प्रहरी चौकीले जानकारी दिएको छ।

त्रिपुराकोट प्रहरी चौकीका अनुसार त्रिपुरासुन्दरी ०३ कै जिउ गाउँमा समेत बाढी र लेदो सहितको पहिरोले २५ घरधुरी प्रभावित भएका छन्।

बिहीबार मध्यराति आएको बाढीले जिल्ला मात्रै करिब १ करोड ८४ लाख रुपैयाँबराबरको क्षति पुर्‍याएको प्रहरी मुचुल्कामा उल्लेख छ । प्रहरीका अनुसार काइकेका मात्रै आठ घरमा आंशिक क्षति र बाँकी घरमा सामान्य क्षति पुगेको छ ।

हालसम्म वर्षाले जिल्ला भित्र जनधन तथा पशुचौपायाको क्षति नभएको जनाइएको छ । वर्षापछि एक्कासि आएको लेदोसहितको बाढीले खेतबारीमा लगाइएको बालीनालीमा समेत असर पुर्‍याएको प्रहरीले जनाएको छ ।

वर्षा सँगैको लेदो र पहिरोले अहिले जिल्लाको अधिकांश सडक अस्तव्यस्त छन् । एक ठाउँ देखि अर्को ठाउँ जान समस्या भइरहेको छ। जिल्ला भित्र अझै क्षतिको विवरण थपिन सक्ने जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ।

पहिरोले क्षति ग्रस्त डोल्पाका तस्बिर 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP