डोल्पा : गत असार १२ गते राति परेको अविरल वर्षाका कारण काइके गाउँपालिका–४ रिवा गाउँका दलित बस्ती लगायत विभिन्न स्थानहरूमा आएको बाढी र पहिरोले स्थानीय भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। बाढीले गाउँ बस्तीका घर, खेतबारी, सडक तथा अन्य संरचनाहरूमा भएको क्षतिको क्षतिपूर्ति र राहतको आवश्यकता भइरहेका बेला विभिन्न पक्षहरूबाट सहयोग सुरू गरिएको छ।
यस्तै दुःखद घडीमा पीडितको घाउमा मलम लगाउन डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ०२ का अध्यक्ष टंक बहादुर थापा ‘ विकास’ ले एक महीनाको सेवा सुविधा र आफूले पाउने २-३ दिन बराबरको भत्ता रकम, रू. २५,००० (पच्चीस हजार) बाढी पीडितको राहतका लागि सहयोग गरेका छन् ।


उनले सहयोग गर्दै सम्पूर्ण सहयोगी मनहरूलाई पनि विपद् प्रभावित काइके गाउँका पीडितहरूका लागि सक्दो सहयोग गर्न हार्दिक आग्रह गरेका छन्।
हाल काइके गाउँपालिकामा राहत, उद्धार र पुर्नस्थापनाका कार्यहरू जारी छन्। स्थानीय सरकार, सुरक्षाकर्मी र सामाजिक संघसंस्थाहरूको समन्वयमा राहत वितरण कार्य सञ्चालन भइरहेको छ।
सहयोगका लागि












