ताजा
डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||   
शनिबार , असार ६, २०८३

पूर्ण सार्की/डोल्पा : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै हिमाली जिल्ला डोल्पामा पनि हस्ताक्षर अभियान चलाइएको छ। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ स्थित त्रिपुराकोट बगर बजारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा) का सभापति रवि लामिछानेमाथि भएको भनिएको राजनीतिक प्रतिशोधको विरोधमा स्थानीय व्यवसायीहरुले हस्ताक्षर संकलन गरेका छन्। रास्वपाले सभापति लामिछाने प्रति राजनीतिक प्रतिशोध गरिएको भन्दै देशै भर अहिले हस्ताक्षर अभियान चलाएको छ।

सोही अभियानलाई साथ दिँदै राम्रो संग संघठन नै विस्तार नभएको हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा पनि २० जनाले हस्ताक्षर अभियानमा साथ दिएको पाइएको छ।

उक्त अभियान कार्यक्रममा डिल्लि बुढाथोकीको नेतृत्वमा २० जना व्यवसायीहरुले रवि लामिछानेप्रति ऐक्यबद्धता जनाउँदै रा.स्व.पा.ले उपलब्ध गराएको अभियानमा हस्ताक्षर गरी इमेल ठेगानामा हस्ताक्षर पठाएका छन्।

बुढाथोकी विगत १० वर्षदेखि त्रिपुराकोट बजारमा भाँडा पसल सञ्चालन गर्दै आएका युवा व्यवसायी हुन्। उनी रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका बासिन्दा तथा सोही नगरपालिकाका रा.स्व.पा.का नगर महामन्त्री समेत पनि हुन्।

उनको नेतृत्वमा भएको उक्त हस्ताक्षर अभियानले त्रिपुराकोटका युवाहरुमा पनि रवि लामिछानेप्रति सकारात्मक प्रभाव पारेको देखिएको छ। यद्यपि डोल्पा जिल्लामा हालसम्म रा.स्व.पा.को संगठन सशक्त रुपमा विस्तार नभए पनि यहाँका युवाहरुमा पार्टीप्रति आकर्षण बढ्दै गएको स्थानीय व्यवसायीहरुले बताएका छन।

यो अभियानले आगामी निर्वाचनमा डोल्पाबाट रा.स्व.पा.को तर्फबाट प्रत्यक्ष उम्मेदवार नउभिए पनि समानुपातिक मतमा भने उल्लेखनीय वृद्धि हुने सम्भावना देखिएको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP