ताजा
डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||   
शनिबार , असार ६, २०८३

पूर्ण सार्की/सुर्खेत: सुर्खेतमा मुद्धा मिलाइदिने भन्दै पचास हजार असुली गर्ने दुई जनालाई पक्राउ गरिएको छ।

अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका एक प्रतिवादीलाई ‘मुद्दा मिलाइदिने’ बहानामा ५० हजार रुपैयाँ असुली गरेको आरोपमा दुई जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा बर्दिया गेरुवा गाउँपालिका–३ शान्तीबजार घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० मा डेरा गरी बस्दै आएका करिब ४३ वर्षीय कृष्ण बहादुर थारु र वीरेन्द्रनगर–१३ ईन्द्रपुरकी ३४ वर्षीया मुना चन्द रहेका छन्।

उनीहरूले हिरासतमा रहेका व्यक्तिको परिवारसँग “प्रहरी प्रशासन मिलाइदिन्छु, नत्र तपाईँका मान्छे जेल जान सक्छन्” भन्ने धम्की दिँदै आर्थिक लाभ उठाउने प्रयास गरेका थिए। सोही क्रममा पचास हजार रुपैयाँ वेईमानीपूर्वक असुली गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दुवैलाई नियन्त्रणमा लिई आपराधिक लाभको कसूरमा सम्मानित अदालतबाट म्याद लिई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP