ताजा
डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||   
शनिबार , असार ६, २०८३

सुर्खेत: कर्णालीका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले गरिखाने शिक्षा प्रणाली आवश्यक रहेको बताएका छन। सैद्धान्तिक ज्ञानमा केन्द्रित पाठ्यक्रमले गरिखाने शिक्षा प्रणालीलाई बलियो बनाउन नसकेको टिप्पणी गरे।

यसका लागि पढ्दै, सिक्दै, कमाउँदै गर्ने जीवनोपयोगी शिक्षा प्रणाली अवलम्बन गर्नुपर्ने बताए।

शनिबार काठमाडौं विश्वविद्यालय स्कुल अफ् एजुकेशन (कुसोड)द्वारा सुर्खेतमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न तर्फ सरकारको ध्यान केन्द्रित भएको जानकारी दिए। यसका लागि सरकारको आगामी आर्थिक वर्षको बजेट प्राथमिकीकरण गरिएको बताए।

सामाजिक पूंजी निर्माणका लागि मानवियताको आधारमा व्यवहार गर्न सोही अनुरूपको ज्ञान प्रदान गर्न आवश्यक रहेको बताए।

पछिल्लो समय कर्णालीमा भइरहेको शिक्षक अभावको हुने समस्यालाई समाधान गर्न प्रदेश सरकार विभिन्न विश्वविद्यालय हरुसंग साझेदार गर्न तयार रहेको प्रतिवद्धता जनाए।

साथै, शिक्षकहरूको पेशागत विकास, अनुभव आदान प्रदान तथा समसामयिक शैक्षिक विषयमा संवाद गर्ने उद्देश्यले एकदिने शिक्षक सम्मेलन आयोजना गरिएको कुसोडले जनाएको छ।

सम्मेलनमा प्रमुख वक्ताहरूका मन्तव्य, कार्यशाला सत्रहरू तथा शिक्षकहरूले प्रस्तुत गर्ने अनुभव र अभ्यासका प्रस्तुतीकरणहरू रहने आयोजकको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP