ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
शनिबार , असार ६, २०८३

जाजरकोट: डिभिजन वन कार्यालय जाजरकोटका कार्यालय प्रमुख अमरप्रसाद शाहमाथि कार्यकक्षमै कुटपिट भएको छ। आइतबार दिउँसो करिब ३ बजे तिर कार्यालय समयमै अज्ञात समूह कार्यालयभित्र पसेर शाहमाथि आक्रमण गरेको हो।

प्रमुख शाहका अनुसार उनी सामान्य रूपमा फाइल अध्ययन गरिरहेकै बेला ३–४ जना अपरिचित व्यक्ति अचानक कार्यकक्षमा पसेर आक्रोशित ढंगले कराउँदै दुर्व्यवहार गरेका थिए। त्यसपछि उनीहरू शाहलाई थिचथाच पार्दै कुटपिटमा उत्रिएका थिए।

‘म सामान्य फाइल हेर्दै थिएँ, एक्कासी केही मानिसहरू पसेर कराउन थाले, अनि मलाई हातपात गरे,’ शाहले घटनापछि प्रतिक्रिया दिँदै बताए। कुटपिटबाट उनलाई सामान्य चोटपटक लागेको छ।

 

केही दिनअघि डिभिजन वन कार्यालयको तालिम हलमा मदिरा सेवन गरेको भन्दै सार्वजनिक भएको एक भिडियोका कारण शाह आलोचनाको घेरामा परेका थिए। आफूविरुद्ध नियोजित षड्यन्त्र भएको दाबी गर्दै शाहले उक्त भिडियो कार्यालय समय बाहिरको भएको र चरित्र हत्या गर्नका लागि प्रचार गरिएको बताएका छन्।

 

‘मैले कुनै गल्ती गरेको छैन। तर यस्ता घटना नियोजित देखिन्छन्। कुटपिट गर्ने अधिकार कसैलाई छैन’ उनले भने।

 

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार आक्रमणकारीहरूको पहिचान भइनसकेको भए पनि सिसिटिभी फुटेजको आधारमा अनुसन्धान अघि बढाइएको छ। प्रहरी निरीक्षकका अनुसार, ‘कार्यालय परिसरका सिसिटिभी फुटेज संकलन गरिएका छन्। त्यसको विश्लेषणपछि दोषी पहिचान गरी कानुनी कारबाही अघि बढाइने छ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP