ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
शनिबार , असार ६, २०८३

पूर्ण सार्की/ सुर्खेत: डिभिजन वन कार्यालय जाजरकोटका कार्यालय प्रमुख अमर प्रसाद शाहमाथि भएको आक्रमणप्रति जाजरकोट जिल्लामा रहेका क्रियाशील कर्मचारी ट्रेड युनियनहरुले एक संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै आपत्ति जनाएका छन्।

 

असार २२ गते आईतबार दिउँसो करिब ३ बजे कार्यलय समयमा कार्यकक्षमै रहेका प्रमुख साहमाथि अज्ञात समूहले आक्रमण गरेका थिए ।

 

जिल्लामा सक्रिय निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, एकिकृत सरकारी कर्मचारी संगठनले संयुक्त रुपमा एक ज्ञापनपत्र सार्वजनिक गर्दै आक्रमणको घोर भर्त्सना गरेका छन् । घटनामा संलग्न व्यक्तिहरुलाई छानबिन गरी कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्न माग समेत गरेका छन्।

यो पनि पढ्नु होस्: कार्यकक्ष मै कुटिए डिभिजन वन कार्यालय जाजरकोटका कार्यालय प्रमुख शाह

ज्ञापनपत्रमा भनिएको छ ‘राज्यको कानुनी दायित्व अनुसार सेवा प्रवाह गरिरहेका राष्ट्रसेवक कर्मचारीहरूमाथि यस्ता अमानवीय व्यवहार हुनु गम्भीर चिन्ताको विषय हो। यदि यस्ता घटनालाई नजरअन्दाज गरियो भने सरकारी सेवा प्रवाहमै अवरोध सिर्जना हुनेछ।’

 

ट्रेड युनियनहरुले कर्मचारीको सुरक्षाको विषयलाई सर्वोच्च प्राथमिकतामा राख्दै आगामी दिनमा यस्ता घटनाहरूको पुनरावृत्ति हुन नदिन राज्य संयन्त्र र सरोकारवाला निकायहरुलाई आवश्यक सुरक्षा व्यवस्था मिलाउन समेत आग्रह गरेका छन्।

 

संयुक्त ज्ञापनमा मौलिक हक, नागरिक स्वतन्त्रता, र सेवा प्रवाहमा पारदर्शिता कायम राख्न भन्दै राष्ट्रसेवक कर्मचारीमाथिको आक्रमणको घटना कर्मचारी वृत्त र आम नागरिकका लागि समेत खतरा सावित हुने जानकारी गराएका छन् ।

हेर्नुहोस् ज्ञापन पत्र

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP