ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
शनिबार , असार ६, २०८३

पूर्ण सार्की/ सुर्खेत :कर्णाली प्रदेशमा साउन १ गते अर्थात् भोलि सार्वजनिक बिदा दिइने भएको छ। कर्णाली प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

 

गत चैत १७ गते बसेको कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) काे बैठकले साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार भोलि प्रदेशका सबै सरकारी तथा सार्वजनिक सङ्घसंस्थामा बिदा दिइने कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तथा उपसचिव उत्तम गौतमले जानकारी दिए।

 

साउने संक्रान्ति विशेषतः धार्मिक र सांस्कृतिक रूपमा महत्वपूर्ण मानिने पर्व हो । साउने सङ्क्रान्तिमा विशेष गरी कर्णालीका हिमाली जिल्ला डोल्पा, जुम्ला , हुम्ला लगाएतका जिल्लामा आफ्नो घरको छतमा राँका बालेर लुतो फाल्ने प्रचलन  छ।

प्रदेश सरकारले सार्वजनिक बिदा दिँदै सबैलाई पर्वको शुभकामना पनि व्यक्त गरेको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP