ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
शनिबार , असार ६, २०८३

पूर्ण सार्की/ सुर्खेत: हिमाली जिल्ला डोल्पा सहित कर्णालीका विभिन्न जिल्लामा आज साउने सङ्क्रान्ति (लुतो फाल्ने पर्व) परम्परागत शैलीमा मनाएका छन्।

प्रत्येक वर्ष साउन १ गते मनाइने यो पर्व कर्णाली क्षेत्रको मौलिक सांस्कृतिक सम्पदा मात्र नभई स्वास्थ्य र सुरक्षासँग जोडिएको ऐतिहासिक परम्परा पनि हो। विशेषगरी वर्षायाममा देखा पर्ने रोगव्याधि, दुख–कष्ट हटाउनका लागि यो पर्वलाई महत्वपूर्ण मानिन्छ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका बस्तीहरूमा बसोबास गर्ने स्थानीयहरूले आज बिहानै देखि विशेष पूजा–आराधना गर्नुका साथै प्रसिद्ध धार्मिकस्थल श्री बाला त्रिपुरासुन्दर मन्दिर, त्रिपुराकोटमा बिहान देखि दर्शन गर्ने भक्तजनको घुइँचो लगेको थियो ।

दीन भरी घर परिवार इष्टमित्र भलाकुसारी गर्दै साँझपख आफ्नो घरको छतमा झरो (दियालो) दन्काएर घर घरमा राँको बालिएको थियो।

 

स्थानीयहरूले शरीरका पीडा, रोग–व्याधि हटोस् भन्ने कामना गर्दै ‘ द्वयारको लोइटो’ अर्थात झरोलाई आगोमा होम्दै शंख, घण्टा र बाजागाजासहित विशेष पूजाआजा गरेका थिए। यसरी लुतो फाल्दै पुरानो दुःख–कष्ट परित्याग गर्ने र नयाँ ऊर्जा सहितको जीवन आरम्भ गर्ने यहाँका नागरिककाे विश्वास रहेको छ।

कर्णालीका जनजीवनसँग गहिरो सम्बन्ध राख्ने यो पर्वले सामूहिक एकता, परम्पराको सम्मान र सांस्कृतिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

सङ्क्रान्ति कै अवसर पारेर प्रदेश राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगरको घण्टाघर, खुला चौर लगायतका क्षेत्रमा कर्णाली बासीले देउडा खेलेर समेत मनाएका छन् ।

साउने सङ्क्रान्ति डोल्पा मात्र नभइ कर्णालीका जुम्ला, हुम्ला , मुगु लगायतका जिल्लामा समेत यसरी नै मनाइएको छ । पर्वको अवसर पारेर आज कर्णाली प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा समेत दिएको थियो।

तस्बिर हेर्नुहोस् 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP