ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
शनिबार , असार ६, २०८३

सुर्खेत, साउन १६ :पूर्वनवयुवराज हृदयन्द्र शाहले जुम्ला भ्रमणका क्रममा तयार पारेको भ्लग सामाजिक सञ्जालमा प्रशंसा बटुलिरहेको बेला नेकपा माओवादी केन्द्रकी समानुपातिक सांसद छिरिङ ल्हामु लामाले यसप्रति  आपत्ति जनाएकी छन्।

सामाजिक सञ्जाल फेसबुकमा  लामो स्टाटस लेख्दै उनले राजतन्त्रकालीन इतिहासदेखि हालको राजनीतिक सन्दर्भ जोड्दै हृदयन्द्रको भ्रमण र त्यसको प्रचारलाई ‘सामन्ती सोचको पुनरागमन’ भन्दै आलोचना गरेकी हुन्।

उनले लेखेकी छन्, ‘राजतन्त्रमा पृथ्वीनारायण शाहदेखि ज्ञानेन्द्र शाहसम्मका १२ जना राजाले नेपाली जनतामाथि शोषण र दमन गरेका थिए। जुम्लामा १८४६ मा भएका सैन्य आक्रमण र त्यतिबेला भएका घटनाहरू अझै ताजै छन्। आज फेरि त्यही विगतको झल्को आउने गरी पूर्वराजपरिवारका सदस्य जुम्लामा पाइला टेक्दै युट्युबको माध्यमबाट नयाँ षड्यन्त्रको संकेत देखिएको छ।’

 

सांसद लामाले हृदयन्द्र शाहको भ्लगलाई ‘स्टन्ट’ मात्र भन्दै त्यसले इतिहासका पाप धोइने होइन भन्ने तर्क राखेकी छन्। उनका अनुसार ‘२३८’ वर्षको राजतन्त्रले जुम्लामा सिटामोल पुर्‍याउन सकेन, तर गणतन्त्रले १५ वर्षमै सडक, स्वास्थ्य, इन्टरनेटलगायतका सेवा पुर्‍याएको छ। हृदयन्द्र शाहको भिडियो गणतन्त्रकै उपलब्धिको दृश्य हो, जसलाई उनले आफ्नो विषयझैं बनाएर प्रचार गर्नु अनुचित हो।’

 

लामाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘हृदयन्द्रको सट्टा जुम्लाका स्थानीय भ्लगर  सिर्जना सिज्जु लगायतका व्यक्तिहरूले तयार पारेका सामग्री अझ सटीक, स्पष्ट र सुन्दर छन्। तर उनीहरू मिडियाको हेडलाइन बन्दैनन्, किनकि उनीहरू राजपरिवारका सदस्य होइनन्।’

 

उनले मिडियामाथि पनि आक्रोश पोख्दै भनिन्, ‘यति धेरै मिडियाको हेडलाइन बन्नलाई पनि सामन्ती राजपरिवारकै हुनुपर्ने हो? यही सामन्ती सोच विरुद्ध नै त हाम्रो आन्दोलन हो। आज पनि केही युट्युबर तथा सामाजिक अभियन्ता भनिनेहरूले पूर्वराजपरिवारबाट लगानी पाउँदा आम नागरिकका आवाज ओझेलमा पर्छन्।’

 

उनको अभिव्यक्तिले परोक्ष रूपमा राप्रपा सांसद ज्ञानेन्द्र शाहीतर्फ पनि संकेत गरेको देखिन्छ। उनले लेखेकी छन्, ‘हुँदाहुँदै एक जनालाई त करोडौं लगानी गरेर संसदभित्र नै पुर्‍याइयो, जो अहिले राजा र गणतन्त्र दुवैको विरुद्ध अराजकता मच्चाउन सक्रिय छन्।’

अन्त्यमा सांसद लामाले लेखेकी छन्  ‘सिंहदरबार अब बंशको नामले होइन, जनताको विश्वासले पुगिन्छ’।

पूर्व नवयुवराज हृदयन्द्र शाहको भ्लगले जुम्लाको प्राकृतिक सौन्दर्य, संस्कृति र स्थानीय जनजीवन देखाएको भन्दै धेरै दर्शकले सकारात्मक प्रतिक्रिया जनाइरहेका छन्।

उनको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP