काठमाण्डौः राजनीतिज्ञ तथा व्यवसायी दुर्गा प्रसाई उच्च अदालतको आदेशपछि थुनामुक्त भएका छन्। रिहाइ पाए सँगै उनले अदालत देखि आफ्ना समर्थकहरू सम्म सबैलाई आभार व्यक्त गरेका छन्।
दुर्गा प्रसाईले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया जनाउँदै उच्च अदालतको आदेश प्रति सम्मान प्रकट गरेका छन्। उनले लेखेका छन्, “सम्मानित उच्च अदालतको आदेशले म आज कारागार मुक्त भएको छु।।। न्याय मरेको छैन भन्ने आभाष दिलाउनु हुने समस्त श्रीमान् सहित अदालत परिवारमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु।”


दुर्गा प्रसाईले जेलमा रहँदा पाएको साथ, समर्थन र सम्मान प्रति पनि आभार व्यक्त गर्दै कारागार व्यवस्थापन, प्रहरी र अन्य कैदीबन्दी प्रति धन्यवाद दिएका छन्। उनले भनेका छन्, “कारागार पनि मलाई घर भन्दा फरक लागेन। म मेरो लागि होइन, देशकै लागि थिएँ, छु र रहिरहनेछु।”
उनले भविष्यमा पनि देशप्रेम, नागरिक उत्तरदायित्व र सेवामा निरन्तर लागिरहने प्रतिवद्धता जनाएका छन्।











