ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
शनिबार , असार ६, २०८३

सुर्खेत: कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अन्तराष्ट्रिय युवा दिवसको तयारीका लागि सरोकारवालाको समन्वय बैठक सम्पन्न गरिएको छ।

मंगलबार सुन्दर नेपाल संस्थाको कार्यालयमा बसेको सुर्खेत स्थित सरोकारवालाहरुको समन्वयात्मक बैठकले ‘दिगो विकास र सुनौलो भविष्यको सार ,स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ भन्ने नाराका साथ २६ औँ अन्तर्राष्ट्रिय युवा दिवस २०२५ भव्य रूपमा मनाउने तयारी गरेको छ।

रोयम नेपालको समन्वयमा सम्पन्न बैठकको अध्यक्षता सुन्दर नेपाल संस्थाकी अध्यक्ष माया सापकोटाले गरेकी थिइन् । कर्णाली प्रदेशमा सक्रिय विभिन्न १७ वटा संघसंस्थाको समावेशी सहभागितामा सम्पन्न उक्त बैठकमा युवासम्बन्धी विभिन्न कार्यक्रम गर्ने सहमति गरिएको छ।

बैठकमा युवामा चेतना अभिवृद्धि गर्न डिजिटल अभियान सञ्चालन गर्ने, बृहत र्‍याली आयोजना गर्ने, युवा नीति तथा मुद्दासम्बन्धी प्यानल छलफल गर्ने र साझा प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रमहरू तय गरिएको रोयम नेपालका प्रदेश संयोजक सन्तोष विकले जानकारी दिए ।

बैठकमा आवाज, नव ज्योति केन्द्र, सोसेक नेपाल, स्याक नेपाल, राष्ट्रिय अपांग महासंघ, लीवर्ड, सम्बन्ध नेपाल, सुर्खेत नेत्रहीन संघ, फेडो, ज्योति फाउन्डेसन, युवा मानव अधिकार रक्षक सञ्जाल, कर्णाली इन्द्रेणी आवाज, युथ फर गुड गभर्नेन्स, हुरेक नेपाल, नेत्रहीन युवा संघ नेपाल, प्लेईङ फर चेन्ज र  Vianet लगायत संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

सहभागीहरूले दिवसलाई सफल र प्रभावकारी बनाउन सरकारी तथा गैरसरकारी संघसंस्थाबीच समन्वय, सहकार्य र साझेदारीमा विशेष जोड दिँदै उत्साहपूर्वक मनाउने निर्णय गरेका छन्। बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ ।२६ औं अन्तराष्ट्रिय युवा दिवस यही श्रावण २७ गते विश्व भर मनाइँदै छ।

रोयम नेपालले युवा दिवसको अवसरमा कर्णालीका १० जिल्लाका मानव अधिकार रक्षक सञ्जाललाई समेत विभिन्न कार्यक्रम गरेर मनाउन जानकारी गराएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP