ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
शनिबार , असार ६, २०८३

दिया नेपली /दाङ : जिल्ला प्रहरी कार्यालय दाङले हत्या अभियोगमा फरार रहेको एक महिलालाई २२ वर्षपछि पक्राउ गरेको छ।

२२ वर्षअघि आफ्नै सौताको ९ वर्षीय छोराको हत्या गरेर फरार रहेकी दाङको गढवा गाउँपालिका–७ मानपुरकी ५० वर्षीया बसन्ता शर्मा पण्डितलाई मंगलबार बिहान प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार शर्माले २०५९ सालमा आफ्ना श्रीमानको पहिलो पत्नीबाट जन्मिएको छोरा शरद शर्माको हत्या गरेकी थिइन्। हत्या पश्चात जिल्ला अदालत दाङले २०६० साल असोज २६ गते शर्मालाई १० वर्ष कैद सजायको फैसला सुनाएको थियो। तर फैसला अघि नै उनी फरार भएकी थिइन्।

 

विगत लामो समय देखि इलाका प्रहरी कार्यालय गढवाले फरार रहेकी शर्माको खोजीकार्य गर्दै आएको थियो। हालै उनी काठमाडौं महानगरपालिका–९ गोंगबुमा आफ्ना छोरा केशबराज शर्मासँग बस्दै आएको गोप्य सूचनाका आधारमा दाङ प्रहरीले विशेष टोली काठमाडौं खटाएको थियो। प्रहरी टोलीले साउन २० गते मंगलबार बिहान साढे ८ बजे काठमाडौं महानगरपालिकाको नयाँ बसपार्क क्षेत्रबाट उनलाई पक्राउ गरेको हो।

उनी लामो समय देखि लुकिछिपि दाङ–काठमाडौं आवतजावत गरिरहेकी थिइन्। पक्राउपछि उनलाई दाङ ल्याइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

इलाका प्रहरी कार्यालय गढवाका प्रमुख डबल बहादुर बमले आफ्नो कार्यक्षेत्रभित्र भएका पुराना आपराधिक घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन अनुसन्धानलाई तीव्र पारिएको बताएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP