ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
शनिबार , असार ६, २०८३

डोल्पा: हिमाली जिल्ला डोल्पामा पूजाको लागि बालेको दियोबाट आगलागी हुँदा हजारौंको क्षति भएको छ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ०१ नाउला (लेख)मा शुक्रबार राति हरिप्रसाद देवकोटाको खर्क रुमानमा पूजाको लागि बालेको दियोबाट आगलागी हुँदा करिब ६० हजार रुपैयाँ बराबरको क्षति भएको छ।

श्रावण पूर्णिमाको चतुर्दशीको दिनमा देवता पूजाका लागि दियो (बत्ती) बालेर अन्त गएका बेला दियोबाट लुगालत्ता सल्किँदा पुरै रुमाना (खरमा पाल हालेर मान्छे बस्न बनाइएको अस्थायी आवास)मा आगो लागेको थियो। आगलागीमा परी दुई बाख्रा र एक गाई र गाईको बाछा जलेर मरेका छन्। रुमानसाथै लुगालत्ता र अन्नपात पनि नष्ट भएको प्रहरी चौकी त्रिपुराकोटले जानकारी दिएको छ।

प्रहरी चौकी त्रिपुराकोटका इञ्चार्ज यामबहादुर बस्नेतका अनुसार खबर पाएलगत्तै राति करिब ८ बजे प्रहरी टोली घटनास्थल पुगेको थियो। छिमेकीको सतर्कतामा आगलागीबाट अन्य गाईबस्तु बचाइएपछि थप क्षति भने हुन नसकेको र घटना स्थलको सबै मुचुल्का तयार पारेको इन्चार्ज बस्नेतले जानकारी दिए।

रुमानामा आगलागी हुँदा मानवीय क्षति भने भएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP