ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
शनिबार , असार ६, २०८३

काठमाण्डौं: हिमाली जिल्ला डोल्पामा निर्माणाधिन १०६ मेघावाटको जगदुल्ला जलविद्युत आयोजनाको लामो समयको रस्साकस्सी पछि ठेक्का लागेको छ ।

जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले निकालेको ठेक्कामा प्राविधिक रुपमा सिनो हाइड्रो र जेसीई/एएनके जेभीको प्राविधिक प्रस्तावमा पास भएको थियो । आर्थिक प्रस्ताव खोल्दा सबैभन्दा कबोल गर्ने जेसीई/एएनके जेभीले ठेक्का पाएको हो । सोमबार जगदुल्ला हाइड्रोपावर र जेसीई/एएनके जेभीबीच सम्झौता भएको छ ।

सिनो हाइड्रोले १३ अर्ब ३३ करोड रुपैयाँ र जेसीई/एएनके जेभीले १२ अर्ब १८ करोड रुपैयाँको प्रस्ताव हालेका थिए । नियमानुसार सबैभन्दा कम कबोल गर्ने कम्पनीले ठेक्का पाएको हो ।सिनो हाइड्रोले जसरी पनि ठेक्का हत्याउने प्रपञ्च रचेका कारण सम्झौता गर्न ढिलाइ भएको हो ।

पहिलो पटक २०८१ जेठ २० गते कम्पनीले सिभिल र हाइड्रोमेकानिकल संरचनाका लागि ठेक्का निकालेको थियो । जसमा ७ कम्पनीले आवेदन दिएका थिए । प्राविधिक प्रस्तावमा कुनै कम्पनी छनोट नभएपछि अन्तिममा ठेक्का रद्ध भयो ।

कम्पनीले पुन: ठेक्का निकाल्यो । जसमा चार कम्पनीले ठेक्का हाले । प्राविधिक मूल्यांकनमा चारमध्ये २ कम्पनी मात्रै पास भए । जेसीई/ एएनके जेभी र सिनो हाइड्रो कर्पोरेशन पास भए ।

प्राविधिक रुपमा पास भएका दुई कम्पनीको नियमानुसार आर्थिक प्रस्ताव खोलियो । सिनो हाइड्रोले १३ अर्ब ३३ करोड रुपैयाँ र जेसीई/एएनकेले १२ अर्ब १५ करोड रुपैयाँ आर्थिक प्रस्ताव गरेको भेटियो ।

प्राविधिक प्रस्ताव खोलेपछि अहिले जेसीई/एएनके जेभीले फर्जी कागजात पेस गरेको भन्दै लेखा समितिमा उजुरी परेको छ । सोही कारण लेखा समितिले ठेक्का रोक्यो ।

 

सीईको कार्यानुभव नभएको भन्दै अख्तियार, सीआईबी,अदालत सबैतिर सिनो हाइड्रोले उजुरी दिएको छ । बाँकी निकायले ठेक्का प्रक्रिया नरोकेको भएपनि लेखा समितिले रोकेको थियो । ‘लेखा समितिले झण्डै २ महिना रोकेपछि अदालतमा मुद्धा चलिरहेको भन्दै ठेक्का प्रक्रिया कानुन अनुसार अघि बढाउन बाटो खोलिदियो ।

स्रोतका अनुसार सिनो हाइड्रोले जसरी पनि ठेक्का हत्याउन लागि परेका कारण यस्तो समस्या भएको हो । उसले शाक्तिकेन्द्र धाउनेदेखि पैसा खर्च समेत गरेर यो ठेक्का हात पार्न लागि परेको छ । राजनीतिक कनेक्सन मिलाउनेदेखि चिनियाँ दूतावासलाई समेत फकाउन कम्पनी लागि परेको छ । १ अर्ब १८ करोड रुपैयाँ बढीमा ठेक्का पाउने भएका कारण सबै खालको स्रोत खर्च गरेर लागि परेको स्रोतको दाबी छ ।

यो आयोजनाको गत वर्षको जेठ पहिलो साता फाइनान्सियल क्लोजर भएको थियो । नविल बैंकको नेतृत्वमा फाइनान्सियल क्लोजर भएको हो । फाइनान्सियल क्लोजरका लागि बनेको सहवित्तीयकरण (कन्सोर्टियम फर्म) को नेतृत्व नविल बैंकले गर्दै ४ अर्ब ४० करोड रुपैयाँ लगानी गरेको छ । सहवित्तीयकरणमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल), कर्मचारी सञ्चयकोष, लक्ष्मी सनराइज र एभरेष्ट बैंक रहेका छन् ।

एचआईडीसीएलले ४ अर्ब रुपैयाँ लगानी गर्नेछ भने कर्मचारी सञ्चयकोषले ४ अर्ब, लक्ष्मी सनराइज बैंकले २ अर्ब र एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ लगानी गरेका छन् । यो आयोजना निर्माणका लागि २३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये करिब १६ अर्ब रुपैयाँ ऋण र ७ अर्ब रुपैयाँ इक्विटी (सेयर)बाट जुटाउन लागिएको हो ।

यो आयोजनाबाट निर्माण थालेको ५ वर्षमा उत्पादन गर्ने लक्ष्य छ । डोल्पामा बन्ने यो आयोजना कर्णालीको विकासका लागि समेत महत्वपूर्ण रहेको छ । कम्पनीले १२० मेगावाट जगदुल्ला ‘ए’ जलविद्युत् आयोजना समेत निर्माण गर्न लागेको छ । जुन जगदुल्ला जलविद्युत् आयोजनाको क्यासकेड हुनेछ । यो आयोजनाको पनि कम्पनीले अध्ययन गरिरहेको छ । यी दुई आयोजना कर्णालीमा बन्ने भएकाले त्यहाको विकासका लागि महत्वपूर्ण छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP