पूर्ण सार्की/ डोल्पा: ‘श्रम तथा उत्पादनमा वाईसियल (YCL) नेपाल’ अभियान अन्तर्गत नेकपा माओवादी केन्द्र निकट भातृ संगठन वाईसियल (YCL) डोल्पा जिल्ला कार्य समितिले मुड्केचुलामा बाटो मर्मत सम्भार गरेको छ।

शुक्रबार वाईसियल (YCL) नेपाल जिल्ला कार्यसमिति र मुड्केचुला गाउँ कमिटी डोल्पाको आयोजना तथा नेकपा माओवादी केन्द्र जिल्ला कार्यसमिति लगाएतको उपस्थितिमा वाईसिएलले मुड्केचुला गाउँपालिका वडा नं ३ खर्क गाउँस्थित उकालोमा बाटो मर्मत गरेको वाईसियलका जिल्ला इन्चार्ज देविसर बुढाले जानकारी दिए।



युक्त उकालोमा बाटो खराब हुँदा मोटरसाइकलसहित स्थानीयको आवतजावतमा समस्या भएको थियो। सो समस्या समाधान गर्न वाईसियलका सदस्य लगायत नेकपा माओवादी केन्द्रबाट निर्वाचित मुड्केचुलाका जनप्रतिनिधि सगै कृयाशिल सदस्यहरूले श्रमदानमार्फत बाटो मर्मत गरेको जिल्ला संयोजक धर्मजीत बोहोरा ‘विस्फोट’ ले जानकारी दिए।

बाटो मर्मत कार्य यहाँ मात्र नभई मुड्केचुला गाउँपालिकाका ९ वटै वडा समेत गरिने मर्मत कार्यमा सबैलाई उपस्थितिको लागि सबैलाई आउन नेकपा माओवादी केन्द्र मुड्केचुला गाउँ कमिटीका अध्यक्ष टंक हमालले जानकारी दिए।

बाटो मर्मतपछि मुड्केचुलाको इल, नर्कु, सर्मी, होर्त , ओक्ट लगाएतका स्थानीय बासिन्दाले सहज रूपमा आवतजावत गर्न सक्ने भएका छन्। साथै जगदुल्ला जलविद्युत आयोजनामा मोटरसाइकल मार्फत जाने जोकोहिलाई समेत यात्रामा सहज हुने छ।
वाईसियलके यहां मात्र नभई खर्क देखि नर्कु सम्मको बाटोमा समेत बीचबीचमा मर्मत कार्य गरेको छ।

फोटो: पूर्ण सार्की
















