ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
शनिबार , असार ६, २०८३

सुर्खेत: सुर्खेतमा लोकसेवाको परीक्षामा सहभागी नक्कली परीक्षार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार बिहान लोकसेवा आयोग सुर्खेत कार्यालयमा सञ्चालन भइरहेको संचार/इन्जिनियर प्राविधिक प्रहरी जवान परीक्षा दौरान चार जना नक्कली परीक्षार्थीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय देखि खटिएको प्रहरी टोलीले प्रवेश पत्र र नागरिकता प्रमाणपत्रमा फोटो परिवर्तन गरी सट्टामा परीक्षा दिन आएका चार जनालाई  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहन जंग बुढथापाले जानकारी दिए। पक्राउ परेकामध्ये दुई जनाको मात्रै विवरण सार्वजनिक गरिएको छ।

पक्राउ परेका मध्ये जाजरकोटको कुशे गाउँपालिका–७, सामाकोट बस्ने २५ वर्षीय श्याम संकर सिंहलाई जाजरकोट कै छेडागाड नगरपालिका–१२ बस्ने धर्मराज चनराको सट्टामा र दैलेखको भगवतीमाई गाउँपालिका वडा नम्बर ७ बस्ने २० वर्षीय भरत तिरुवालाई सोही पालिकाका वडा नं ५ बस्ने सुशिल शाहीको सट्टामा परीक्षा दिँदै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।

 

प्रहरीका अनुसार, पक्राउ परेकाहरूविरुद्ध लिखत तथा किर्ते कसुरमा अनुसन्धान जारी रहेको छ। बाँकी दुई नक्कली परीक्षार्थीको विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP