सुर्खेत: सुर्खेतमा प्रहरीले बिना विलबिजका सामान बरामद गरेको छ।
सुर्खेतको भेरीगंगा नगरपालिका ५ स्थित बबई चेकपोष्टबाट खटिएको प्रहरी टोलीले बुधबार राति करिब ९:४५ बजे नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र १०१५ नम्बरको इभी गाडी चेकजाँच गर्ने क्रममा बिना बिलबिजका भन्सार छलि गरी ल्याइएका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माेहनजंग बुढथापाले जानकारी दिए।


बबई चेकपोष्टबाट खटिएको पाँच जनाको प्रहरी टोलीले गाडीमा रहेको बिना बिलबिजका साडी ६५ पिस ( प्रतिपिस मूल्य रु. २,०००, जम्मा रु. १,३०,०००) , कुर्ता सुरुवाल ३६ पिस ( प्रतिपिस मूल्य रु. २,०००, जम्मा रु. ७२,०००), लेडिज कुर्ति ३२ पिस ( प्रतिपिस मूल्य रु. ५००, जम्मा रु. १६,०००) गरेर अन्दाजी मूल्य करिब रु. २,१८,००० (दुई लाख अठार हजार) बराबरको सामान बरामद गरी थप कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज, बाँके पठाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।











