डोल्पा : हिमाली जिल्ला डोल्पामा गोठाला गएका एक वृद्ध मृत फेला परेका छन।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ गल्लीका अन्दाजी ६० वर्षीय डम्मर सिंह कठायत शनिबार दिउँसो घरबाट न्युने डाँडा वनतर्फ बाख्रा चराउन गएका थिए। बाख्रा चराउन गोठाला गएका उनी शनिबार साझ देखि बेपत्ता भएका थिए ।


शनिबार दिउँसो गोठाला गएका उनी साँझसम्म घर नफर्किएपछि परिवार र स्थानीयवासीले शनिबार साँझ रातभर उनको खोजीकार्य गरेका थिए। तर, रातभर खोज्दा पनि उनलाई फेला पार्न नसकेपछि आइतबार पुनः बिहान देखी नै खोजीकार्य गर्दा त्रिपुरासुन्दरी १ न्यूने डाँडा स्थित कालाजुरको तलतिर मृत फेला परेको गल्लीका स्थानीयले जानकारी दिए।











