डोल्पा: हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले नगरपालिका भित्र सञ्चालनमा रहेका सबै व्यवसायहरूलाई दर्ता तथा व्यवसाय दर्ता नविकरण अनिवार्य गर्नुपर्ने बताएको छ।
सोमबार नगरपालिकाले नगर केन्द्रमा रहेको त्रिपुराकोट बगर बजार अनुगमन गर्दा धेरै व्यवसायहरू दर्ता नगरी वा समयमै नविकरण नगरी सञ्चालन भइरहेको पाइएकोले नगरपालिकाले १५ (पन्ध्र) दिनभित्र अनिवार्य रूपमा व्यवसाय दर्ता तथा नविकरण गर्न सूचना जारी गर्दै निर्देशन दिएको हो।


नगरपालिकाले निर्धारित समयसीमा भित्र व्यवसाय दर्ता तथा नविकरण नगरेका व्यवसायीहरुमाथि प्रचलित कानुन बमोजिम कारबाही गरिने समेत सूचना मार्फत जानकारी दिएको छ।
यस्तो छ सूचना












