ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
शनिबार , असार ६, २०८३

सुर्खेत । समाजमा अझै पनि यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरू खुलेर आफ्नो पहिचान व्यक्त गर्न सकिरहेका छैनन्। उनीहरूको अधिकार संरक्षण र समावेशिता प्रवर्द्धनका लागि विभिन्न प्रयास भए पनि अझै समाजको दृष्टिकोण परिवर्तन गर्न चुनौतीपूर्ण रहेको छ।

यस्तै अवस्थामा उनीहरूलाई समाजमा निडर भएर खुल्न प्रोत्साहन गर्न “म को हुँ” शीर्षकको जनचेतनामूलक सडक नाटक सुर्खेतका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ।

यो नाटक सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा सोसेक नेपाल, दैलेखको आयोजनामा वीरेन्द्रनगरका मंगलगढी, घण्टाघर, पीपीरा, एरीचौकलगायतका स्थानमा प्रस्तुत गरिएको हो। परियोजना संयोजक प्रभा डाँगीका अनुसार नाटकको उद्देश्य यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरूप्रति समाजमा रहेको गलत धारणा परिवर्तन गरी उनीहरूको पहिचानलाई स्वीकार्ने वातावरण सिर्जना गर्नु हो।

नाटकको लेखन तथा निर्देशन पिपल्स एक्सेस नेपालले गरेको हो। नाटकमार्फत समुदायमा रहेका यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरूप्रति रहेको भ्रान्ति, घृणा र लाञ्छनालाई चुनौती दिँदै उनीहरूको अधिकारबारे जनचेतना फैलाउने प्रयास गरिएको छ।

“समुदाय र परिवारभित्र उनीहरूलाई सुरक्षित, सम्मानित र स्वीकार्य बनाउने वातावरण निर्माण गर्नु, यौन अभिमुखिकरण, लैङ्गिक पहिचान, प्रस्तुती र यौन विशेषताबारे ज्ञान अभिवृद्धि गर्नु नै हाम्रो मुख्य उद्देश्य हो,” परियोजना संयोजक डाँगीले बताइन्।

सामाजिक अभियन्ता तथा नाटकका एक पात्र अन्जली बिसीका अनुसार, नेपालको संविधानमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक अधिकार समेटिए पनि अझैसम्म छुट्टै ऐन, नीति र कार्यविधि नबनाइनु, सर्वोच्च अदालतका निर्णय कार्यान्वयनमा समस्या हुनु, र राष्ट्रिय तथा स्थानीय पाठ्यक्रममा स्पष्ट रुपमा नसमेटिनु जस्ता चुनौती कायम छन्।

उनले थपिन्, “परिवार र समुदायबाट स्वीकार नगर्ने, घृणाको दृष्टिले हेर्ने र विभिन्न लाञ्छनाले यस्ता व्यक्तिहरू आफ्नो पहिचान लुकाएर दोहोरो जीवन बिताउन बाध्य भएका धेरै उदाहरण छन्।”

उनीहरूको अधिकार संरक्षण र समावेशिता अभिवृद्धि गर्न यस्ता जनचेतनामूलक कार्यक्रम निरन्तर गर्न आवश्यक रहेको पनि डाँगीले बताइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP