ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
शनिबार , असार ६, २०८३

काठमाण्डौं: पछिल्लो समय कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउने भन्दै तीन पार्टीका नेताहरु नेत्रविक्रम चन्द, जनार्दन शर्मा र घनश्याम भुसालबीच निकटता बढिरहेको छ । उनीहरुको सक्रियतापनि सार्वजनिक रुपमा देखिन थालेको छ । विप्लव नेकपाका महासचिव हुन् । जनार्दन माओवादी केन्द्रका उमहासचिव हुन भने घनश्याम नेकपा (एकीकृत समाजवादी) को महासचिवको जिम्मेवारीमा छन् ।

 

यी तीन नेता केही साताअघि काठमाडौंमा पनि एउटै मञ्चमा भेला भएका थिए । अब यी तीन नेता बुटवलमा भेला हुने भएका छन् । सहिद बेपत्ता स्मृति प्रतिष्ठानले भोलि (बिहीबार) बुटवलस्थित एसियन होटेलमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । सो कार्यक्रममा मुख्य वक्ताहरुको रुपमा यी तीन नेता निम्त्याईएका छन् ।

 

आयोजकले तीनै जना नेताको तस्विर राखेर प्रचारप्रसार गरिरहेको छ । कार्यक्रमको विषय भने भने ‘वर्तमान राजनीतिक सङ्कट र निकाय’ तय गरिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हालै विप्लवलाई उनको निवासमै पुगेर भेटवार्ता गरेका थिए । सो भेटमा दाहालले तत्काल पार्टी एकताको लागि आग्रह गरेको बताईन्छ । प्रचण्ड बाहिरिएलगत्तै जनार्दनले विप्लवसँग छलफल गरेको कुरा बाहिर आएके छ । तर, जनार्दनले आफूले विप्लवसँग त्यस दिन नभेटेको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP