ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
शनिबार , असार ६, २०८३

हुम्ला: हुम्ला सदरमुकाम सिमकोटमा जीप दुर्घटना भएको छ । जीप बुधबार दिउँसो १ बजे जिल्ला सदरमुकाम सिमकोटस्थित काठेचुलीमा दुर्घटना भएको हो ।

लु.प्र–०१–००१ज०२८२ नम्बरको जीप ब्रेक फेल भएर सिमकोट गाउँपालिका–५ का पदम रावतको घरभित्रै छिरेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सिमकोटबाट सिमकोट तल्लो गाउँतर्फ जाँदै गर्दा गाडीको ब्रेक फेल भएर घरमा ठोक्किन पुगेको हो ।

दुर्घटनामा परेको जीप रावतको घरमा छिर्दा गाडी चालक खार्पुनाथ गाउँपालिका–१ का तिलक ऐडी घाइते भएका छन् ।घरमा ठोक्किंदा चालकको आँखा र माथिल्लो ओठमा सामान्य चोट लगोको छ । सामान्य घाइते भएका चालकको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको समयमा जीपमा गाडी चालक ऐडी मात्रै थिए । जीप दुर्घटनामा पर्दा रावतको घरको माथिल्लो तलाको एक कोठा भने पूर्ण रूपमा क्षति पुगेको प्रहरीले जनाएको छ ।घरको ढोका सहित एकतर्फको पूरै भित्ता भत्किएको प्रहरी निरीक्षक जङ्गबहादुर सिंहले बताए ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP