ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
शनिबार , असार ६, २०८३

रुकुम पश्चिम। रुकुम पश्चिममा तारा एयरले शुक्रवार फेरि उडान भर्ने भएको छ । केही समय रोकिएको तारा एयरको सेवा फेरि सुरु हुन लागेको हो । भाद्र १३ गते शुक्रवार देखि तारा एयरले रुकुम पश्चिम सल्ले–नेपालगन्ज उडान भर्ने भएको हो ।

अब नियमित रूपमा हप्तामा एक दिन प्रत्येक शुक्रवार नेपालगन्ज–रुकुम पश्चिम–नेपालगन्ज उडान हुने तारा एयरका प्रतिनिधि लालवीर बोहराले जानकारी दिए । यात्रुहरूको सहजताका लागि उडान नियमित गर्न लागिएको उनले जानकारी दिए।

अहिले सल्ले विमानस्थलमा नेपाल एयरलाइन्सले काठमाडौँ र नेपालगन्जका लागि उडान गरिरहेको छ । बेला बेलामा नेपाल एयरलाइन्सको सेवा समेत अवरुद्ध हुने गरेको छ । जसका कारण बिरामी तथा अन्य यात्रुहरूले सास्ती भोग्न बाध्य छन् ।

तारा एयरले पनि उडान गर्दा भने विशेष गरी बिरामीहरू सहित जिल्लावासीलाई सहज भएको थियो । अब तारा एयरको सेवा पुनः सुचारु भएपछि टिकट नपाउने समस्या कम हुने विश्वास गरिएको छ ।

नेपालगन्जबाट रुकुम आउने तारा एयर फेरि नेपालगन्ज गएर काठमाडौँ जाने हुँदा जिल्लाबाट काठमाडौँ जाने यात्रुहरूलाई समेत सहज हुने बोहराको भनाई छ । गरिब परिवारका बिरामीलाई प्रत्येक उडानमा एउटा सिट निःशुल्क गरिएको समेत जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP