कालिकोट : कालीकोट खाँडाचक्रमा गएराति सडक भासिएर पूर्ण रूपमा अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ। कालीकोटको खाँडाचक्र नगरपालिका–२ कालेखोलामा लेदो सहितको पहिरो जाँदा सडक भासिएको थियो।
सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्रकुमार चौधरीका अनुसार, भासिएको सडक मर्मत गरी साँझ ६ बजेतिर राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको हो। हालका लागि साना सवारीसाधन (बस र ट्रक बाहेक) मात्र सञ्चालनमा आएको उनले जानकारी दिए।


राजमार्ग खुल्ला भए सँगै कर्णाली करिडोर र राजमार्ग हुँदै कालीकोट, जुम्ला, मुगु, बाजुरा हुँदै हुम्ला आवतजावत गर्न रोकिएका साना गाडीहरू पुनः गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।
स्थानीय प्रशासनले यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन र सम्भव भए सम्म जोखिमपूर्ण क्षेत्रहरूमा यात्रा नगर्न आग्रह गरेको छ।











