ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
शनिबार , असार ६, २०८३

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ६ सनिहल लाइनस्थित महाबु गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नगर प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक (प्र.नि.) दिनेश तिमिल्सेनाको कमाण्डमा खटिएको ७ जनाको टोलीले गोप्य सूचनाका आधारमा बिहीबार दिउँसो करिब २ बजे उक्त गेष्ट हाउसको ३०५ नं. कोठामा छापा मारेर चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर–७ बस्ने २४ वर्षीय हुकुम शाही, वीरेन्द्रनगर बस्ने ३० वर्षीय हेमन थापा, वडा नं. ९ बस्ने ३४ वर्षीय हेमराज थापा र सोही स्थानका ३६ वर्षीय सुरेश के.सी. रहेका छन्।

 

प्रहरीले उनीहरूबाट नगद रु. ४१,५२५ र १२ बुक तास बरामद गरेको छ। पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि नगर प्रहरी कार्यालय सुर्खेतमा राखिएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP