सुर्खेत: सुर्खेतको भेरीगंगा नगरपालिका ५ बबई चेकपोष्टमा प्रहरीले भन्सार छली ल्याइएका बिना बिल-बिजकका सामान बरामद गरेको छ।
प्रहरी सहायक निरीक्षक हर्कबहादुर तिरुवाको कमाण्डमा खटिएको ५ जनाको टोलीले बिहीबार दिउँसो करिब साढे २ बजे नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेका विभिन्न सवारी साधन चेकजाँच गर्ने क्रममा सुपर पावर सुर्ती ६० पोका,स्वीट सुपारी ८५ पोका, कमला पसन्द १२० पोका, चिनी २०० किलो, जेन्स अन्डरवियर १२९ पिस ,माउन्टेन डिउ १२ बोतल गरेर कुल ८३ हजार २ सय २५ रुपैयाँ बराबरको उक्त सामान बरामद री आवश्यक अनुसन्धानको लागि बबई प्रहरी चेकपोष्टमा राखिएको प्रहरीले जनाएको छ।


सामान बरामद गरेपनि सवारी साधनलाई भने गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।











