ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
शनिबार , असार ६, २०८३

काठमाण्डौं: सामाजिक अभियन्ता आशिका तामाङलाई भक्तपुर जिल्ला अदालतले पाँच दिन कैद सजाय र पाँच सय रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ।

जिल्ला अदालत भक्तपुरका न्यायाधीश विश्वनाथ भट्टराईको इजलाशले बिहीबार साँझ यो फैसला सुनाएको हो। सोही मुद्दामा प्रतिवादी बनाइएका शरण तिरुवालाई पनि समान सजाय सुनाइएको अदालत स्रोतले जनाएको छ।

घटना २०८१ असोज ४ गते साँगास्थित सूर्यविनायक नगरपालिका–९ र १० जोड्ने झोलुङ्गे पुलमा भएको थियो। पुल तर्दा लाग्ने २० रुपैयाँ शुल्कप्रति आपत्ति जनाउँदै तामाङले सामाजिक सञ्जालमार्फत विरोध जनाएकी थिइन्। त्यसक्रममा उनले रसिद बुक च्यातेको र जलाएको आरोप लागेपछि नगरपालिकाले जाहेरी दर्ता गरेको थियो।

 

यस आधारमा प्रहरी वृत्त जगातीमार्फत उनीविरुद्ध ‘आपराधिक उपद्रव’ मुद्दा दायर गरिएको थियो। घटनापछि पक्राउ परेकी तामाङलाई अदालतले २०८१ माघ १८ गते प्रारम्भिक सुनुवाइपछि २० हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP